पाकिस्तानसँगको लडाइँमा गोरखा सैनिक किन ?
काठमाडौं , १९ कात्तिक । विप्लब नेकपा माओबादीले आज लैनचौर स्थित भारतिय दुतावास घेराउ गर्ने भएको छ ।
माओबादीले भारतिय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमै रहेको बेला प्रचण्ड सरकारले भारतप्रति अत्यन्तै तल्लो स्तरमा गिरेर लाचारीपना देखाएको र पछिल्लो समय भारतले पाकिस्तानसँगको लडाइँमा गोरखा सैनिक उतारेको भन्दै त्यसको विरोध स्वरुप आज भारतिय दुतावास घेर्ने भएको हो ।
माओवादीले आज दिउसो १२ रत्नपार्कबाट विरोध जुलुस निकालेर भारतीय दुतावास घेराउ गर्ने जनाएको छ ।
माओवादीका प्रवक्ता प्रकाण्डले नेपालप्रति हेपाहा प्रवृति राख्दै आएको भारतसँग एउटा स्वाधीन देशको पहिचान देखाउनुको सट्टा उल्टै गुलामी गर्नतिर वर्तमान सरकार लागेको भन्दै भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण र त्यसका लागि सरकारले गरेको व्यवहार गुलामीको निकृष्ट नमूना भएको उनले बताए ।
प्रवक्ता प्रकाण्डले अर्को देशको राष्ट्रपतिलार्इ आफ्नो देशमा भित्र्याउन सार्वजनिक विदा दिइनु, राजधानीमा सेना समेत उतारेर अघोषित कर्फ्यू लगाइनु र जनतालार्इ ठूलो सास्ती दिनेगरी सडक बन्द गर्ने कार्यले वर्तमान सरकारको दलाल प्रवृति प्रष्टिएको बताए ।
मुखर्जीको स्वागतमा नेपालका राष्ट्रपतिदेखि उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखदेखि सबै सबैजना लुरुक्क परी एयरपोर्टमा गएर देशको शिर झुकाउने काम गरेको उनको ठोकुवा छ ।
यस अघि माओवादीले मुखर्जी आउनुभन्दा एकदिन अगाडि पनि राजधानी काठमाडौंमा विरोध प्रदर्शन गरेको थियो । माओवादीले सरकारले भारतीय राष्ट्रपतिका लागि सार्वजनिक विदा दिएको भन्दै त्यसको कडा विरोध समेत गरेको थियो ।
यसैगरी माओवादीले भारतीय सेनामा कार्यरत गोरखा सैनिकहरु फिर्ता गर्न पनि माग गरेको छ । पछिल्लो समय भारतले पाकिस्तानसँगको लडाइँमा गोरखा सैनिक उतारेको भन्दै त्यसको विरोध समेत माओवादीले गरेको छ ।
पाकिस्तानसँगको लडाइँमा पछिल्लो समय भारतीय गोरखा सैनिक विमल तामाङको मृत्यु भएको थियो ।
विदेशी भूमिमा भारतीय विस्तारवादको सुरक्षा गर्ने क्रममा भएको विमलको मृत्युले सबै स्वाभीमानी नेपालीलाई दुखित तुल्याएको भन्दै विप्लव माओवादीले विरोधमा ज्ञापनपत्र बुझाउन लागेको हो ।
‘नेपालमा पहिलेदेखि नै गोर्खा भर्ति केन्द्रको खारेजीको माग गर्दै आन्दोलनहरु पनि नभएका होइनन्’, ‘नेपाली जनताको विरोध रहँदारहँदै पनि भारतीय शासकहरूको दलाली गर्न पल्किएका, सत्ता टिकाउन र सत्तामा जानकालागि दलाली गरिरहेका नेपाली शासकले गोर्खा भर्ती केन्द्रलाई निरन्तर दिइरहेका छन् ।’
ज्ञापन-पत्र मार्फत विप्लव माओवादीले अबआइन्दा गोर्खा भर्ती केन्द्र बन्द गर्न भारतीय राजदूतावासलाई दबाब दिनेछ ।
Post a Comment