Latest Updates :

कुबेतमा अबैधानिक रुपमा लुकिछिपी काम गर्दै आएकी एक नेपाली महिलाको दुवै मृगौला फेल भएपछि अस्पताल भर्ना


SHARE THIS POST :

कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत नवलपरासीकी ३३ बर्षिय सरस्वती खाँड ठकुरी दुईवटै मृगौलाले काम नगरेपछी कुवेतको मुबारक अलकबिर अस्पताल जाब्रियामा एकहप्ता देखी भर्ना भएकी छिन् ।
करिब ५ बर्ष अगाडी कुवेत आएकी सरस्वती ३र४ बर्ष देखी आफुले काम गर्ने साहुको घरबाट भागेर अबैधानिक रुपमा लुकिछिपी काम गर्दै आएकी थिइन।सरस्वतीलाई दुबै मृगौलाले काम नगरेर रोगले च्यापेपछी स्याङ्जाका शिव बिक्रम शाही लगायतको सहयोगमा नेपाली दुताबासमा लगेर थप उपचारका लागि अस्पतालमा प्रकृया मिलाउन अनुरोध गरिएको थियो।

नेपाली दुताबास कुवेतका प्रथम सचिव अम्बिका जोशीका अनुसार अबैधानिक रुपमा लुकेर काम गरिरहेकी सरस्वतीसंग कुवेतको परिचय पत्र लगाएतका कुनै पनि कागजात र आफ्नो स्पोन्सर (साहु) को फोन नम्वर समेत नभएकाले कानुनी प्रकृया मिलाउन जटिल भएको छ। उनले भनेः हामीले उपचारमा सहयोग गर्न मुबारक अल कबिर अस्पातल जाब्रियामा गरेको अनुरोध पछी अस्पातलले उनलाई अहिले भर्ना त लिएको छ। तर दैनिक डाइलासिस गर्नु पर्ने र दैनिक करिब १५ केडी (नेरु करिब ५ हजार २ सय) खर्च लाग्ने देखिन्छ। यसैबीच एनआरएनए, कुवेतका अध्यक्ष अर्जुन तामाङले कानुनी प्रकृया मिलाएर सरस्वतीलाई स्वदेश फर्काउन दुतावासले पहल गर्नुपर्ने भन्दै अस्पतालमा छटपटाइ रहेकी नेपाली चेलीलाई सहयोग गर्न सबैमा अनुरोध गरेका छन् ।

उनले एनआरएनएले पनि आपसी छलफल गरेर के कति सहयोग गर्न सकिन्छ भन्ने निर्णय गरिने बताए । सरस्वती खाँड ठकुरीलाई सहयोग गर्न चाहनेले सरस्वतीको मोबाइल नं ९६५-६९६९९५७१ वा तपाई कुवेतमा नैै भएमा मुबारक अलकबिर अस्पताल कोठा नं. ११, बेड नं. २ मा गएर भेट्न सकिन्छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv