Latest Updates :

जुवाको दाउमा श्रीमती हानद हरे पछी श्रीमतीले जान नमान्दा आफ्नै छोरी लगेर बुझायो


SHARE THIS POST :

हरियाणा मंसिर - भारतको हरियाणास्थित पानीपत निवासी एक व्यक्ति आफू बसेको घरको मालिकसँग जुवा खेल्दै थियो । त्यसैक्रममा सबैकुरा हारेपछि उसले आफ्नी श्रीमतीलाई दाउमा राख्यो । तर उसको दुर्भाग्य, त्यो दाउ पनि हार्न पुग्यो ।
त्यसपछि उसले जबर्जस्ती आफ्नी श्रीमती घरबेटीलाई बुझाउने प्रयास गर्‍यो । श्रीमतीले मानिनन् । त्यही रिसको झोंकमा उसले आफ्नी तीन वर्षीया छोरीलाई लगेर घरबेटीलाई बुझायो । यो घटना अहिले प्रहरीकोमा पुगेको छ । प्रहरीमा दर्ता गरेको उजुरीमा आमाले आफ्नी ३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोप लगाएकी छन् । बालिकाको पेट, गर्धनसहित शरीरका विभिन्न भागमा चोटको निसान पनि रहेको बताइएको छ । उनको स्वास्थ परीक्षण पनि गरिएको छ ।

अहिले सिभिल अस्पतालमा उपचार हुँदैछ । परीक्षणबाट संकलित नमूना अब ल्याब पठाइने र त्यसपछि मात्र बलात्कार भए/नभएको पुष्टि हुने चिकित्सकहरुले बताएका छन् । प्रहरीले अहिले ती बालिकाका बाबु र घरबेटीलाई खोजिरहेको छ । उजुरीमा आमाले भनेकी छन्, ‘हाम्रो परिवार चार महिनाअघि मात्र यहाँ सरेको हो । घरबेटीले मेरो पतिलाई रक्सी खुवाएर जुवा खेलाउने गर्छ । गत मंगलबार राती पनि उनीहरु जुवा खेल्दै थिए । त्यत्तिकैमा मेरो पति आएर मलाई लैजान खोज्यो, मैले नमानेपछि रिसको झोंकमा छोरीलाई उठाएर लग्यो । त्यही रात मेरी छोरीको बलात्कार भयो ।’

उनले भनिन्, ‘राती करिब ३ बजेतिर उसले छोरी फिर्ता ल्यायो । उसको गर्धनमा चोट थियो । निकै नै शिथिल अवस्थामा थिइ ।’ त्यसपछि उसले त्यही घरबेटीसहित भएर उसलाई अस्पताल लग्यो । अस्पताल पुर्‍याउने बेलासम्म ऊ रुँदारुँदै निकै थकित भइसकेकी थिइ ।’ संवेदनशील घटना भएकाले समाचारमा पहिचान खुलाइएको छैन । – दैनिक भाष्करबाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv