Latest Updates :

करिश्माले भनिन्- मैले अमेरिकामा धेरै रात रोएर बिताएकी छु


SHARE THIS POST :

काठमाडौं
 नयाँ शक्ति पार्टीमा आबद्ध भएर समाज सेवा गर्ने सोच बनाएकी करिश्मा मानन्धरलाई नेपाल नै सबै भन्दा प्यारो लाग्छ । चलचित्र बाबु साहेबको असफलतापछि बिरक्तिएर अमेरिका गएकी करिश्मा दुई वर्ष भन्दा बढी टिक्न सकिनन् ।

भविष्य बन्छ भन्दै अमेरिका गएकी करिश्माले त्यहि पुगेपछि थाह पाइन् ‘अमेरिकामा पुगेर करिअर बनाउन सजिलो रहेनछ’ । तै पनि सेटल हुन सकिन्छ कि भनेर ब्यापार पनि गरिन् । तर, उनको मन स्थिर भएन ।

 भन्छिन् ‘मैले त आफुलाई त्यहाँ विल्कुल एक्लो महसुस् गरेँ र दुई वर्षमै फर्किएँ’ अमेरिकामा छँदा धेरै रात रोएरै बिताएको भन्न धक मान्दिनन् उनी । श्रीमान र आमाको यादले पटक पटक सतायो उनलाई । नेपालको हावापानी र रहन सहन वास्तवमै लोभलाग्दो भएको उनको बुझाई छ ।

बाँकी जीवन नेपालमै बिताउने सुरमा रहेकि करिश्मा राजनीति मार्फत समाजसेवा सुरु गरेको धारणा राख्छिन् । राजनीतिमा प्रवेश गरेपनि उनको फिल्मी मोह भने टुटेको छैन । गएको वर्ष फागु नाम राखेर फिल्म बनाएकी करिश्मा फेरि नयाँ फिल्मको तयारी गर्दैछिन् ।

 राम्रो भुमिका पाएमा अन्य चलचित्रमा समेत काम गर्ने उनको योजना छ । भन्छिन् ‘जुनसुकै चलचित्रमा काम गर्दिन । राम्रो भुमिका पाएँ भने काम गर्छु’ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv