केही महिना अघि सामाजिक सञ्जाल लगायत नामी अनलार्इन न्युज पाेर्तल तथा छापा सञ्चारमाध्यममा फेशबुके शुन्दरीकाे कमाल एवम लेशबुककै नाम जाेडेर सनसनी समाचार बाहिरीयाे उक्त समाचार सामाजिक सञ्जालहरूमा भाइरहल मात्रै बनेनन सयाैकाे संख्यामा शेयर पनि भए ।

समाचार थियाे इटहरीबाट बिवाह गरी झापा , बिर्तामाेड पूगेकी बिध्या सरकार ( चापागार्इ ) काे बिषयमा ! समाचारकै अनुसार उनि माथी गम्भिर अाराेपहरू समेत लागे , यि समाचार त्यतीबेला अाए जुन बेला उनी झापाबाट पक्राउ परिन पछि रू ५ लाख धराैटीमा छुटीन । अाखिर किन पक्राउ परिन उनि ? बिना कसुर किन बसिन ४५ दिन कारागार ? यसै बिषयमा इटहरी अाएर उनले पत्रकार सम्मेलन समेत गरिन । गत ५ महिना अघी झापा बिर्तामाेड निवासी सुसन थपलियासंग बैवाहिक बन्धनमा बाधिएकी बिध्या सरकार ( चापागार्इ ) यति बेला घरपरिवारकै षडयन्त्रमा परेर घर निकालामा परेकी छिन ।
अर्काले पठाएकाे ११ लाख साशु सशुरा लगायत श्रीमानकै परिवारले उडाएपछि बिध्याकाे बैवाहिक जिवनमा दरार अाउनुका साथै घर निकाला सम्मकाे सिकार बनेकी हुन । पिडित बिध्याले इटहरीमा पत्रकार सम्मेलन गर्दै षडयन्त्रपूर्वक अाफुलार्इ घरबाट निकाला गर्नुका साथै अाफ्नाे श्रीमानलार्इ भेटन समेत नदिएकाे र सशुरा धनपति थपलियाले बिना कारण ज्यान मार्ने धम्की दिने गरेकाेले अाफ्नाे जिवन रक्षा र घर फर्कने उचित बाताबरण मिलाइदिन उनले अाग्रह गरेकी छिन ।
पिडित बिध्याले बताए अनुसार केही महिना अघि नारायण गौतम भन्ने ब्याक्तीले अाफ्नाे खातामा पठाएकाे रू ११ लाख सशुरा धनपति थपलिया लगायत परिवारले चलाएकाे र अाफुलाइ जबरजस्ती कागज गरार्इ तिर्न लगाएपछि बिवाद सुरू भएकाे बताइन । पछि कागज बुझ्दा जर्मन लाने भन्दै उक्त रकम लिएको खुलाएकाे पाएपछि अाफु छांगाबाट खसेझै बनेकाे र उनले अाज सम्म कसैलार्इ जर्मन त के बैदेशिक राेजगार कतै नलगेकाे समेत दाबी गरेकी छिन ।
पैसा ससुराले चलाएपछि आफुलाई तिर्न पटक पटक दबाब अाउन थालेकाे बताउदै अाफु साे रकम तिर्न नसक्ने अडानमा बसेपछि सशुरा धनपतीले परपुरूष संग अवैध सम्बन्ध रहेकाे बताउदै अाफुलार्इ घरबाटै निकाला गरिदिएकाे बताइन ।
यसै पैसाकै कारण नारायण गाेतमले प्रहरीमा उजुरी गरेपछि बिध्या पक्राउ परेकी थिइन । पक्राउ परेकी बिध्या माथी बैदेशिक राेजगार एेन अन्तरगत मुद्धा लगार्इ डेढ महिनाकाे जेल सजाय सुनाएकाे थियाे । पछि ५ लाख रुपयौ धरौटि तिरेपछि उनि जेल मुक्त भएकी थिईन । ११ लाखको झुटो कागज बनाएर आफुलाई जेल र श्रीमानसँग सम्पर्क बिहिन बनाएको पत्रकार सम्मेलनमा पिडित बिध्याले बताईन् । अन्याय पूर्वक घर निकालामा परेकी बिध्या पछिल्लाे ३ महिना देखी इटहरी स्थित माइतीमा बस्दै अाएकी छिन ।
माइती अाएर बसेपनि उनलार्इ ससुरा धनपतिले पटक पटक ज्यान मार्ने धम्की दिइरहेकाे बताएकी छिन । साथै उनले घरबाट माइती अाउदा २५ लाखकाे सम्पती ल्याएकाे सासु , ससुरा लगायतपरिवारले अाराेप लगाएकाे बताइन । पत्रकार सम्मेलनमा भावुक हुदै उन्ले भनिन म अाफ्नाे घर फर्कन सक्ने अवस्थामा छैन , ज्यानकाे पनि कुनै ग्यारेन्टी छैन यस्ताे अवस्थामा म के गरू ! उनले इटहरीमा रहेका सबै महिला अधिकारकर्मीहरूलार्इ अाफ्नाे मदत गर्न बिशेष अाग्रह पनि गरेकी छिन ।
Post a Comment