Latest Updates :

भ्रष्ट्राचारको आरोपमा अख्तियारले डामेकासँग स्वास्थमन्त्री गगन थापा एउटै मञ्चमा देखिएपछि…


SHARE THIS POST :

आफू पनि अनियमितता नगर्ने र अनियमितता गर्नेलाई समेत नछाड्ने स्वास्थमन्त्री गगन थापाको अडान । तर,उनकै कुम र घाँटी निरन्तर तिनै भ्रष्ट्रहरुसँग जोडिएको विरक्त लाग्दो दृश्य हेर्न पर जानै पर्दैन । गत साता मात्र दीपावली तथा छठ पर्वको अवसरमा चियापान कार्यक्रममा अख्तियारले डामेको स्वास्थकर्मी रामजी घिमिरेसँग एउटै मञ्चमा देखिए । यो सँगै हो स्वास्थका इमान्दार कर्मचारीहरुले गगन थापा प्रति आलोचना गर्न थालेको । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागका १० उच्च अधिकारीहरूलाई पेस्कीस्वरुप रकम लिई भ्रष्टाचार गरेको अभियोगमा तत्काल निलम्बन गर्न निर्देशन दिएको थियो । भष्ट्रचार अभियोगमा उनी निलम्बित कर्मचारी हुन । भष्ट्रचारी उनै घिमिरेसँग एउटै मञ्चमा गगन थापालाई भेटिएको हो । स्वास्थ्य सेवा विभागमा कार्यरत कर्मचारीले आर्थिक वर्ष ०६८/६९ र ०६९/०७० मा कार्यक्रम गर्न भनी पेस्की रकम लिई कार्यक्रम नै नगरी फर्जी बिल पेस गरेको अनुसन्धानको क्रममा भेटिएको थियो ।

सो कार्यमा सम्लग्न महाशाखाका निर्देशक डा. आनन्दकुमार श्रेष्ठ, वरिष्ठ जनस्वास्थ्य प्रशासक मदनकुमार श्रेष्ठ, वरिष्ठ जनस्वास्थ्य अधिकृत रत्नलाल श्रेष्ठ, शाखा अधिकृतद्वय डोलराज शर्मा र रुपनारायण खतिवडा, लेखा अधिकृत यदुराज शर्मा नेपाल, फर्मासिष्ट भरतमणि मरहठ्ठा, जनस्वास्थ्य निरीक्षकद्वय रामशरण अधिकारी र रामजी घिमिरे, खरिदार कविराज सुवेदीसमेतले फर्जी बिल पेस गरी भ्रष्टाचार गरेको अभियोगमा उनी निलम्बित भएका थिए ।

तिनै भष्ट्रमध्य रामजीसँग स्वास्थमन्त्री घिमिरे एउटै मञ्चमा देखिएका हुन ।
उता,स्वास्थ्य मन्त्री गगन थापालाई पार्टीदेखि नातेदारले स्वास्थ्य सेवा विभागको महनिर्देशकका लागि फरक फरक ब्यक्तिको सिफारिस गरेपछि उनी अन्योलमा परेका छन् । विभागको महानिर्देशकमा १२ औं तहकी चिकित्सक किरण रेग्मी निर्विवाद उम्मेदवार हुन् । बरिष्ठता र पार्टीको निकटता दुवै हिसाबले रेग्मीलाई बनाउँदा मन्त्री विवादमा पर्दैनन् ।

तर रेग्मीबाट सरुवामा आर्थिक संकलन नहुने देखेर उनलाई महानिर्देशक नबनाई ११ तहका चिकित्सकहरुमध्येबाट बनाउने तयारी भइरहेको छ । मन्त्री थापामाथि बाल स्वास्थ्य महाशाखाका प्रमुख डा. राजेन्द्र पन्तलाई महानिर्देशक बनाउने दबाब परेको छ । मन्त्री थापाका काकाससुरा डा. केदारनरसिंह केसीले राष्ट्रिय क्षयरोग केन्द्रका प्रमुख डा. विकास लामिछानेलाई बनाउनुपर्ने लबिङ गर्दैआएका छन् ।

पार्टीगत निकटताका आधारमा हेर्दा नेपाली कांग्रेस निकट भएकै कारण महानिर्देशक हुने आशामा पुनर्जागरण महाशाखाका भीम आचार्य र ब्यवस्थापन महाशाखाका प्रमुख नरेशप्रताप केसी लागिरहेका छन् ।



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv