Latest Updates :

एप्पलमाथि सुरु भयो संकट, आइफोन सेभेन प्लसमा आगो लाग्यो


SHARE THIS POST :
फोनसेट तातेर आगो लाग्ने समस्यासँगै ग्यालेक्सी नोट सेभेनको उत्पादन बन्द गर्दा अर्बौँको घाटा बेहोरेको सामसुङको घाउमा अझै घाटा बसिसकेको छैन । अब यहीँ समस्याले उसको प्रतिद्धन्दी कम्पनी एप्पललाई समेत सताउने देखिएको छ । एप्पललको आइफोन सेभेन प्लसमा आगो लागेको खबर सार्वजनिक भएको छ ।
Generate A High-Quality User Experience with Revcontent
गिज्मोचाइना वेबसाइटका अनुसार दक्षिणपश्चिम चीनको युनान प्रान्तमा एक प्रयोगकर्ताले प्रयोग गरिरहेको आइफोन सेभेन प्लस आगो लागेर ध्वस्त भएको छ ।

वेबसाइटका अनुसार प्रयोगकर्ताको हातबाट आइफोन भुइँमा खसेपछि फोनमा कम्पन सुरु भयो र तिव्र रुपमा धुवाँ निस्कियो । अन्तिममा फोन पड्किएर त्यसको डिस्प्ले टुक्रिँदै छुट्टिएको छ । तस्वीर हेर्दा आइफोन कामै नलाग्ने गरी ध्वस्त भएको छ । गत महिना मात्र प्रयोगकर्ताले उक्त आइफोन खरीद गरेको बताइएको छ ।

यो समाचारको बारेमा एप्पलले भने कुनै प्रतिक्रिया दिएको छैन । यदि यो घटना सत्य सावित भएमा सन् २०१६ मा आइफोनमा आगो लागेको यो चौथो घटना हुनेछ ।गत अगष्ट महिनामा अस्ट्रेलियामा पनि एक प्रयोगकर्ता मोटरसाइकलबाट लडेसँगै उनको गोजीमा रहेको आइफोन पड्किएको थियो ।

एक प्रयोगकर्ताले भिडियो खिच्दै गर्दा आइफोनमा आगो लागेको घटना पनि सार्वजनिक भएको थियो । त्यस्तै गत महिना अस्ट्रेलियामै कपडामा बेरेर कारको पछाडिपट्टि समुद्री किनारामा राखिएको आइफोन तातोका कारण विस्फोट भएसँगै कार समेत आगो लागेर ध्वस्त भएको थियो ।

अनलाइनखबर बाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv