काठ्माण्डौ २८ कात्तिक:
भारत सरकारले २ हजारको नयाँ नोटमा नेपाली भाषाको प्रयोग गरिएको छ । यो नयाँ नोटमा धेरै भारतीयहरुको चासोको बिषय बनेको छ । भारतमा २ हजार भारुको नयाँ नोटमा प्रयोग भएको देवनागरी शब्दलाई लिएर गल्ती रहेको भन्दै चर्चा भएको हो । नोटको पछिल्लो भागमा १५ भाषामा लेखिएको छ, जसमा दुई हजार रुपैयाँ पनि लेखिएको छ । एउटै कुरा दुई ठाउँमा लेखिएको र यो गल्ती भएको भन्दै न्यूज पोर्टल सत्याग्रहले लेखेपछि यसले धेरैको ध्यान तानेको छ । द क्वीजका अनुसार नयाँ नोटमा भारतमा बोलिने प्रमुख भाषाहरु पनि राखिएको छ । भारतमा पनि नेपाली भाषी नागरिकहरु छन र भारतको संविधानको अनुसूचिमा समेत नेपाली भाषा उल्लेखित भएको छ ।
Post a Comment