Latest Updates :

मलेसियामा मृत्युको मुखबाट बाच्न सफल भए नेपाली कलाकारहरु


SHARE THIS POST :
DK Nepal, कार्तिक, मलेसिया- Debraj Kandel

मृत्युलाई जितेर फर्किएका कलाकार मलेसियाको रियल कार दुर्घटना
साइबर जयामा पुस्कल शर्माको स्वरमा रहेको गितको म्युजिक भिडियोको शुटिङ सकेर त्यो रात साइबरजयामै बाँस बसेर आज मलक्काको लागि शुटिङ्गको लागि ८ बजे तिर साइबर जयाबाट कारमा सुजन न्यौपाने, रिम्सा राई, अनि एक जना दिदी सहित यात्रा सुरु भयो।


त्यस्तै ३५/४० मिनेटको यात्रा गर्दै जादा अगाडि एउटा लोरि देखा पर्यो त्यो लोरि पनि एकदमै तिब्र गतिमा थियो । रिम्साको लागि अन्तर्बार्ताको तयारी गर भनेर कुरा गर्दै थिए सन्तोस बानियाँ ।
त्यो लोरिले साइड लाइट दिएन कार सिधै गएर लोरिको पछाडी भागमा ठोकियो ठोकिनु भन्दा त्यस्तै ५ सेकेन्ड अगाडि ड्राइभरले ब्रेक हान्यो र धन्न कार ठोकियो अनि रोकियो
यदि ब्रेक नहानेको भए कार लोरि भित्र पस्ने थियो हामी बाच्ने थिएनौ सन्तोस बानियाले DK Nepal सङ्ग भने ।
सबै साथी बेहोस हुनु भयो म पुरै होसमा थिए सबैलाइ उठाए रिम्साको लुगा भरी रगत देखे घाउ कतै देखिन रगत त मेरै मुख र नाक बाट पो झरेको रैछ।
रिम्साको जिब्रोमा चोट लाग्यो हातमा नि चोट लाग्यो निधारमा पनि चोट लाग्यो। सुजन न्यौपानेको हातमा थोरै लाग्यो अर्कि दिदी र ड्राइबरलाई केही भएन मेरो नाक ठोक्किएर रगत बग्यो निधार ठोक्कियो सुन्नियो दाहिने खुट्टामा चोट लाग्यो।


यहाँको पुलिस र ड्राइभर मिल्दा रहेछन हामि घाइते सङ्गै उल्टो २०० रिङ्गिट पैसा लियो। पैसा ठूलो थिएन तर मानबता नहुँदो रैछ बिदेसिको।
त्यहाँबाट पुलिस केस बल्ल तल्ल मिलाएर हामी हस्पिटल तिर गयौ अहिले सबै जना रेस्टमा छौँँ ।
मानबता दया धर्म भन्ने चिज नेपाली बाहेक अरुमा हुदैन रहेछ।दुर्घटना भएको छ उद्दार गर्नुको सट्टामा कारमा के कति क्षति भएछ भन्दै हेर्नमा ब्यस्त हुदा रैछन कार मालिक।

(मलेसियाबाट सन्तोस बानियाले दिएको बयानमा तयार पारिएको)

उहाँहरुको शीघ्रस्वास्थ्यलाभको कामना गर्दछौँ DK Nepal परिवार ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv