लाइट नेपाल
काठमाडौं,एक चरमपन्थी क्याथोलिक रेडियो स्टेसनले हालै इटालीमा आइरहेका भूकम्पलाई समलिंगी विवाहबापत ‘प्रभुले दिएको सजाय’ भनेपछि भ्याटिकन प्रशासनले त्यसको भत्र्सना गरेको छ ।
रेडियो मारियाबाट प्रसारित यस्तो टिप्पणीलाई भ्याटिकन प्रशासनले ‘आक्रामक र सनसनीपूर्ण’ भनेको छ । उक्त रेडियोसँगको अन्तर्वार्तामा एक डोमिनिकन पादरीले गत अगस्टमा ३ सय जनाको ज्यान जाने गरी गएको भूकम्पको कारणका रूपमा समलिंगी विवाह रूपी ‘पाप’ लाई औंल्याएका थिए । पादरीले गत मेमा भ्याटिकनले समलिंगी विवाहलाई अनुमोदन गरेपछि यो पाप चर्केको टिप्पणी गरेका थिए । त्यसको प्रत्युत्तरमा भ्याटिकनले उक्त टिप्पणीलाई धर्मविरोधी र क्योथोलिक धर्मसिद्धान्तसँग अमिल्दो भनेको छ । ‘त्यो आक्रामक अभिव्यक्ति हो । र, धर्ममा विश्वास नगर्नेका लागि सनसनीपूर्ण मसला हो,’ पोप फ्रान्सिससँग नजिक भ्याटिकन प्रशासनका उपमन्त्री एन्जेलो बेकुईले भने । बेकुईले रेडियो मारियाले आफ्ना भाषा सुधार्नुपर्ने र चर्चको भावनालाई कदर गर्नुपर्ने बताए । उक्त रेडियो भ्याटिकनविरोधी अडानका कारण आलोचित बन्दै आएको छ । यसैबीच रेडियो मारियाले चाहिँ पादरीको उक्त टिप्पणी आफ्नो आधिकारिक धारणा नभएको प्रस्टोक्ति दिएको छ ।
कान्तिपुरबाट
Post a Comment