Latest Updates :

देश अब एमालेमय बन्दै : राष्ट्रिय स्वाधीनता र जनजिबिकाको पक्षमा नेकपा एमाले मात्र अबको बिकल्प भएको भन्दै १५० जना माओबादी नेता एवं कार्यकर्ता एमालेमा प्रबेश


SHARE THIS POST :
लाइट नेपाल


कावासोती , २२ कात्तिक । एमाले रजहर गाउँ कमिटिले सोमबार गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा ( क्रान्तिकारी — माओवादी ) का राज्य समिति सदस्य सहित एक सय ५० जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

राष्ट्रिय स्वाधिनताको पक्षमा र जनजिविकाको सवालमा नेपालमा एमाले पार्टीको विकल्प नभएको भन्दै एमालेमा प्रवेश गरेको नेकपा ( क्रान्तिकारी — माओवादी ) का राज्य समिति सदस्य हरिप्रसाद न्यौपानेले बताए । एमाले प्रवेश कार्यक्रममा बोल्दै उहाँले नवलपुर क्षेत्रलाई एमालेमय बनाउने अभियान थाल्ने उनले बताए । जिल्ला सदस्य टोपराज कोइरालाले २०६४ साल देखि माओवादीमा लागेपनि आफू एमाले पत्तिबाट आसा गरेकाले यो मौकामा एमालेमा फर्किएको जनाए । भिमबहादुर परियारले समृद्ध नेपाल बनाउने योजना र अठोट एमाले संग मात्रै भएकाले एमाले प्रवेश गरेको बताए । नेकपा ( माओवादी — क्रान्तिकारी) बाट एमाले प्रवेश गर्नेहरुमा जिल्ला सदस्य एवं शिक्षक संगठनका उपाध्यक्ष कृष्णप्रसाद सापकोटा, बल बहादुर वि.क चिन्तामणी चापागाई, बिद्यार्थी नेता सिता वि.क भानुभक्त पौडेल, बिक्रम सुनार, केश गौतम, लक्ष्मण सुवेदी, चिन्तामणी ढकाल लगाएका एक सय भन्दा धेरै एमालेमा प्रवेश गरेका छन् । त्यस्तै अखण्ड नेपाल पार्टीबाट रजहर इकाइ अध्यक्ष ललितबहादुर बोहरा सहित ४५ जना एमालेमा प्रवेश गरेका छन् । प्रवेशीहरुलाई एमालेका स्थायी समिति सदस्य एवं प्रदेश संयोजक किरण गुरुङ्ग, पोलिटब्युरो सदस्य गणेश तिमिल्सेना, जगत बिश्वकर्मा, केन्द्रीय सदस्य तिलक महत लगाएतले अविर माला लगाएर एमालेमा स्वागत गरेका थिए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv