रामचन्द्र मिश्र
सिञ्चाहिटी, कात्तिक २९ । लगनखेलमा रहेको नेशनल चिल्ड्रेन स्कुलमा पाँच / छ कक्षामा अध्ययनरत नौ जना छात्राहरुमाथि शिक्षकद्वारा दुर्व्यवहार भएको छ । विद्यालयमा अध्ययन गर्न गएका छात्राहरुमाथि विद्यालयका कर्मचारीद्वारा दुर्व्यवहार भएको थाहा पाएपछि अभिभावकहरुले विद्यालयमा गएर विरोध गरेका थिए । विद्यालयजस्तो संवेदनशिल क्षेत्रमा असुरक्षा रहेको भन्दै अभिभावकहरुले आफ्ना छोराछोरी घर लगेका छन् ।
गत शनिवार शरीर दुखेको बताएपछि छोरीहरुसँग सोधपुछ गर्दा विद्यालयको शिक्षकले संवेदनशिल अङ्गहरुमा हातपात गरेको थाहा भएको पिडित पक्षले बताएका छन् । २०५१ सालमा स्थापना भएको उक्त स्कुलको सुरुवातदेखि नै त्यस विद्यालयमा काम गर्दै आएका स्थायी घर पाटन लुखुसीँमा बस्दै आएका दिवाकर श्रेष्ठले छात्राहरुमाथि दुर्व्यवहार गर्दै आएको पिडित पक्षले अनलनइन पत्रिकालाई जानकारी दिए ।
उनले विद्यालयका छात्राहरुलाई विद्यालयकै आफु बस्ने कोठामा विभिन्न प्रलोभन देखाई बोलाएर दुर्व्यवहार गर्ने गरेको आक्रोशित अभिभावकहरुले बताएका छन् । छात्राहरुलाई विगत धेरै पहिलेदेखि नै हातपात गरेको हुनसक्ने आशंका रहेको अभिभावकहरुले बताएका छन् । पिडित छात्राहरु १०÷११ वर्षका नाबालिका रहेको बताईएको छ ।
विगत तीन महिना अगाडि पनि यस्तै घटना बाहिर आएपनि शिक्षक प्रहरी र स्थानिय केही व्यक्तिले गुप्त पारेको अभिभावकहरुको दावि रहेको छ । विद्यालयमा अझै धेरै बालबालिका पिडित रहेका हुनसक्ने अभिभावकहरुले आशंका व्यक्त गरेका छन् । आक्रोशित अभिभावकहरुले विद्यालयले विद्यार्थीको सुरक्षा नदिएको भन्दै विद्यालय बन्द गर्नुपर्ने बताए ।
कहिले हड्ताल त कहिले बम आतङ्कले विद्यालयजस्तो संवेदनशिल क्षेत्रमा असुरक्षा बढेको समाचार आईरहेको बेला विद्यालयकै कर्मचारीबाट यस्ता अमर्यादित गतिविधि हुनुले नेपालको शिक्षाको गरिमा त घटाएको छ नै साथसाथै राज्यले पनि बालबालिकालाई सुरक्षाको प्रत्याभूति नदिएको देखिन्छ । विद्यालय क्षेत्रमा सुरक्षाको प्रत्याभूति दिन नसक्नु एक त विद्यालयको कमजोरी हो भने अर्कातिर राज्यले पनि बालबालिकाको सुरक्षाको लागि प्रभावकारी कदमहरु चाल्नुपर्ने देखिन्छ ।
भिडियो :
Post a Comment