Latest Updates :

ओमनमा नेपाली महिलाको हत्या, हत्या हुनु भन्दा केहि दिन अघि कुटपिट गर्ने गरेको जानकारी गराएकी थिइन्


SHARE THIS POST :

काठमाडौं २० कार्तिक | वैदेशिक रोजगारका लागि ओमन पुगेकी सिन्धुपाल्चोक, घुन्सा–७ की ३४ वर्षीया जमुना भोम्जनको हत्या भएको छ।
नेपाली एजेन्ट मूलपानी, पिपलबोटका ललित थापाले जमुनालाई युएईसम्म वैधानिक रूपमा र त्यहाँबाट अवैधानिक रूपमा ओमन पठाएको अनुसन्धानबाट खुल्न आएको महानगरीय अपराध महाशाखाका डिएसपी होबिन्द्र बोगटीले बताए।
दाजु मिङ्मार गोलेका अनुसार जमुना ओमन पुगेपछि परिवारजनलाई फोन गरेर आफूमाथि कुटपिट हुने गरेको बताएकी थिइन्। ओमनमा हाउसमेडमा काम गरिरहेकी उनले चाँडोभन्दा चाँडो उद्धार गर्न परिवारजनलाई भनिरहेकी थिइन्।

त्यसपछि उनका दाजु गोलेले अपराध महाशाखामा गएर उजुरी गरेका थिए। महाशाखाले थापालाई खोज्न नसकेपछि उद्धारमा ढिलाइ भइरहेको थियो। थापा हाल भारतमा लुकेर बस्दै आएको खुल्न आएको छ।
‘उनी एजेन्टको चंगुलमा परेर युएई गएको र त्यहाँबाट एजेन्टले नै ओमन पुर्‍याएको खुल्न आएको छ,’ डिएसपी बोगटीले भने।

परिवारले जमुनाको शव चार दिनअघि नेपाल ल्याएका थिए। उनीहरूले एजेन्ट थापाको घर अगाडि शव प्रदर्शन गर्दै क्षतिपूर्ति माग गरेका थिए। प्रहरीले भने शव त्यहाँबाट हटाएर शिक्षण अस्पताल लगेर राखेको छ।

अवैधानिक रूपमा ओमन गएकी उनले बिमा समिति र वैदेशिक रोजगार विभागबाट क्षतिपूर्ति पाउने सम्भावना पनि छैन।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv