Latest Updates :

देउसेसँग नाचेको निहुँमा श्रीमतीको हत्या


SHARE THIS POST :

२० कात्तिक । मदिरामा मात्तिएका एक पुरूषले देउसेसँग नाचेको निहुँमा श्रीमतीको हत्या गरेका छन्। नागार्जुन
बस्ने राजकुमार विष्टले तिहारको लक्ष्मीपूजाको दिनमा कुटेर श्रीमतीको हत्या गरेका हुन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – साँझ भट्टीमा मदिरा पिएर फर्कदा श्रीमती लक्ष्मी विषट विक देउसेसँग नाचिइरहेकी थिइन्। उनले परपुरूषसँग नाचेको भन्दै श्रीमतीलाई कोठामा लगेर आग्लोले हानी हत्या गरेको प्रहरीले जनाएको छ।

हत्यापछि उनले श्रीमती मृत अवस्थामा भेटिएको भन्दै प्रहरीलाई फोन गरेका थिए। तत्कालै प्रहरीले उनलाई पक्राउ गरेको थियो। सोधपुछ गर्दा आफैँले आग्लाले हानेर हत्या गरेको स्विकारेको प्रहरीको भनाई छ ।

 सुरुमा आरु कसैले श्रीमतीलाई मारेको भन्दै नाटक गरेका थिए । रगत लुकाउन पानी हालेर घटनास्थल सफा समेत गरेका थिए । वैदेशिक रोजगारबाट दुई महिना अघि मात्र फर्किएका विष्ट श्रीमतीके अन्य पुरषसँग सम्बन्ध रहेको आशंका गर्दै आएका थिए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv