Latest Updates :

स्टुडियोमै समाचार भन्दा भन्दै बच्चा जन्माएपछि…


SHARE THIS POST :
सत्यखबर


काठ्माण्डौ १५ मंसिर:

ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) की एक प्रस्तोताले समाचार भन्दा भन्दै बच्चा जन्माएकी छन । आर्थिक समाचार प्रस्तुत गर्दै गर्दा व्यथा लागेपछि भिक्टोरिया फ्रिट्जले स्टुडियोमै छोरोलाई जन्म दिएकी थिइन । उनकी सहकर्मी स्याली नुगेन्ट पनि त्यतिखेर उपस्थित थिइन । भिक्टोरियाका पति ड्यान ट्राफिक जाममा फँसेर आउन ढिलो भएपछि नुगेन्टले भिक्टोरियालाई सम्हालेकी थिइन । पछि उनका पति आइपुगे अनि उनलाई अस्पताल पुर्‍याए ।

बच्चा डिसेम्बर महिनाको पहिलो हप्तामा जन्मने भनी अनुमान गरिएकोमा अलि अगाडि नै जन्मिएपछि भिक्टोरियाले यस्तो स्थितिको समाना गर्नुपर्‍यो । भिक्टोरियाले सन् २००८ देखि बीबीसीमा काम थालेकी हुन । यसअघि उनी रोयटर्समा काम गर्थिन । ‘द डेली मेल’बाट यो समाचार साभार गरिएको हो ।

SHARE ON

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv