Latest Updates :

रातको १२ बजे आक्रोशित हुँदै दीपकराज गिरीले सामाजिक संजालमा यसरी दु:ख ब्यक्त गरे


SHARE THIS POST :
न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर १५ बुधबार
काठमाडौं । सरकारले मंगलबार राती संविधान संसोधन प्रस्ताव संसदमा दर्ता गराए पछि नेपालको राजनितिमा रातारात धु्रवीकरण सुरु भएको छ ।

संविधान संसोधनको क्रममा सरकारले ५ नम्वर प्रदेशको सिमाङकन हेरफेर गरेको विरोधमा राजनीतिकदलका नेता देखी युवा अहिले विरोधमा छन् । यो विषयको बारेमा नेपालका कलाकर्मीहरुले पनि विरोध जनाएका छन् ।

नेपालका हास्य कलाकार दीपकराज गिरीले संसोधन प्रस्ताव दर्ता भएपछि रातारात सामाजिक संजाल फेसबुक मार्फत विरोध जनाए ।

संघियताको घाउ निको नहुँदै फेरि सिमाकंन हेरेफेर गरेर सरकारले ठूलो गल्ती गरेको दिपकको भनाई छ । उनले सिमाकंन हेरफेर गर्नु भनेको घाउमा कैँची चलाएर क्यान्सर निम्त्याउनु बराबर भएको बताए ।

सरकारले गरेको यो कामबाट देशमा हिंसा, दंगाफसाद र द्धन्द्ध भएको छ । यता तान्दा उता फुस्किने, उता तान्दा यता फुस्किने काम प्रति दीपकले असन्तुष्टि जनाएका हुन ।






SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv