कुवेतमा कार्यरत एक नेपाली महिलालाई कारले ठक्कर दिंदा उनी ५ दिनदेखि अचेत छिन् । घरेलु कामदारको रुपमा कार्यरत उदयपुर, ठोक्शीला ९ सुपाडी गाउँकी बिष्णु कुमारी रार्इलाई कारले ठक्कर दिएको थियो ।
गत नोभेम्बर ८ का दिन दिउँसो करिव ३ः३० बजे काम गर्ने घरबाट छुट्टी लिएर कुवेत सिटी जाने क्रममा बाटो काट्दै गर्दा उनलाई कुवेतको हावालीमा कारले ठक्कर दिएको थियो । उनको अल अमिरी अस्पताल, सार्कमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ ।
झापाली समाज कुवेतका अध्यक्ष काशी लामाले दिएको जानकारी अनुसार बिष्णु कुमारीको स्वास्थ्यमा सुधार नआएकाले नेपाली दुताबास, कुवेत तथा कुवेतमा कृयाशिल नेपाली सं संस्थाहरुलाई आबश्यक सहयोगका लागि अनुरोध गरिने छ ।
यता बिष्णु कुमारीकै गाउँका चित्र बहादुर निरौला र पर्शुराम सुवेदीले अस्पताल पुगेर दैनिक जानकारी लिए पनि अवस्थामा सुधार नआएको बताए। राईका नेपालमा ३ छोरी र १ छोरा छन भने उनी करिब २ बर्ष देखी कुवेतमा घरेलु महिला कामदारको रुपमा काम गर्दै आएकी थिइन।
Post a Comment