Latest Updates :

भारुमा प्रतिवन्ध लागेपछि नेपाली नागरिक पक्राउ पर्न थाले, दुई लाख बोक्ने पनि हिरासतमा


SHARE THIS POST :
आईतवार, कार्तिक २८, २०७३ साल,

पर्सा। स्रोत खुलाउन नसकेको ठुलो परिमाणको रकमसहित दुईजना युवकलाई गएराति प्रहरीले वीरगन्जको रजतजयन्ती चोकबाट पक्राउ गरेको छ । भारत सरकारले प्रतिवन्ध लगाएपछि नेपालले पनि कारोबारमा बन्देज लगाएको भारु प्रहरीले वरामत गरेको हो। प्रहरीले हजार दरका दुई सय थान नोट वरामत गरेको हो। साथै स्रोत खुलाउन नसकेको नेपाली १५ लाख पनि वरामत भएको छ। रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेका वीरगन्ज उपमहानगरपालिका–१६ राधेमाई टोल निवासी १७ वर्षीय मनु तिवारीलाई रजतजयन्ती चोकमा रोकी चेकजाँच गर्दा जुत्तामा लुकाइ राखेको भारु नोट बरामद भएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। त्यस्तै भारतबाटै नेपाल प्रवेश गर्ने क्रममा प्रहरीलाई शङ्का लागी चेकजाँच गर्दा झोलामा लुकाइ राखेको नेपाली १५ लाख बरामद भएपछि वीरगन्ज उपमहानगरपालिका–८ निवासी २२ वर्षीय रञ्जीत सर्राफलाई समेत नियन्त्रणमा लिइएको प्रवक्ता जोशीले बताए। भारत सरकारले हजार र पाँच सयको भारुमाथि प्रतिबन्ध लगाएपछि सीमा क्षेत्रमा मुद्राको ओसारपसार बढेको प्रहरीले जनाएको छ । रासस

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv