Latest Updates :

मध्यराति युवतीमाथि ललितपुरमा सामूहिक बलात्कार


SHARE THIS POST :

१० मंसिर, काठमाडौं । ललितपुर इमाडोलमा बुधबार राति २० वर्षीय युवतीमाथि सामूहिक बलात्कार भएको छ ।प्रेमीसँग हिडिरहेका बेला मोटरसाइकलमा आएका तीन जनाको समूहले युवतीलाई नियन्त्रणमा लिएर बलात्कार गरेको ललितपुर प्रहरीले जनाएको छ ।

आफूलाई सामूहिक बलात्कार गरेको उजुरी लिएर प्रहरी परिसर ललितपुर पुगेकी युवतीले दिएको हुलियाका आधारमा बलात्कारमा संलग्न तीनैजना पक्राउ परेको प्रहरीले जनाएको आजको राजधानी दैनिकमा समाचार छ ।बलात्कृत युवती ग्वार्कोस्थित एक दोहोरी साँझमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ड्युटी सकेपछि युवती प्रेमीसँग मंगलबजार सुन्धारास्थित कोठामा जाँदै थिइन् । तर, राति घरबेटीले गेट नखोलेपछि उनीहरु हिँडेर इमाडोलस्थित प्रेमीको कोठामा जाँदै थिए ।

इमाडोल कृष्ठमन्दिरनजिक पुगेपछि एउटै मोटरसाइकलमा आएका तीन युवाले प्रेमीलाइृ कुटपिट गरी घाइते बनाइ युवतीलाई मोटरसाइकलमै हालेर लगेका थिए । प्रेमीले मध्यरात नै प्रहरी कार्यालय गए र घटनाको विस्तृत जानकारी गराए ।

अनलाइनखबर बाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv