काठमाडौं, ९ मंसिर । ललितपुरमा एक युवतीको सामूहिक बलात्कार भएको छ ।ललितपुर प्रहरीका दोहोरी साँझमा काम सकेर प्रेमीसँगै राति १ बजे उनको कोठा हिडेकी २० वर्षीय युवतीलाई इमाडोलको कृष्णमन्दिरमा एउटै मोटरसाइकलमा आएका ३ जना युवाले उनका प्रेमीबाट खोसेर अज्ञात कोठामा लगेर सामूहिक बलात्कार गरेका हुन् ।
बलात्कारमा संलग्न तीन युवाले प्रेमीलाई कुटेर युवतीलाई मोटरसाइकलमा हालेर लगेका थिए । कुटाइ खाएका प्रेमीले स्थानीय प्रहरीलाई खबर गरेपछि ललितपुर प्रहरी टोलीले साढे २ बजे राति रातामकै चोकबाट युवतीको उद्दार गरी साथमा रहेका तीन जना युवालाई पक्राउ गरेको र पक्राउ पर्नेमा स्थानीय युवाहरु रहेको ललितपुर प्रहरी प्रमुख एसएसपी पीताम्बर अधिकारीले जानकारी दिए ।
Post a Comment