Latest Updates :

सन्नी लियोनका श्रीमान् पनि थिए ‘पोर्न स्टार’, यसरी सुरु भयो दुबैको प्रेम कहा


SHARE THIS POST :

रिल लाइफमा सन्नी सधैं बोल्ड अवतारमा देखिन्छिन् तर रियल लाइफमा भने उनी निकै मृदुभाषी महिला हुन् । यो कुरा उनका श्रीमान् ड्यानियल बिबरले बताएका हुन् । एमटीभी स्पिल्ट्भिललाको आठौं संस्करणको प्रोमोशनल इभेन्टको क्रममा सन्नी र उनका श्रीमान् ड्यानियलले धेरै कुराको खुलासा गरेका छन् । तपाईंलाई थाहा नै छ होला, सन्नीका श्रीमान् ड्यानियल बिबर पनि एडल्ट फिल्म इन्डष्ट्रिका स्टार बनिसकेका छन् ।

 सन्नीको सन् २००७ मा ड्यानियलसँग विवाह भएको हो । सन्नी र ड्यानियलको विवाह भएको ९ वर्ष बितिसकेको छ तर उनीहरु अहिले पनि प्रेमी प्रेमीका जस्तै छन् । ड्यानियलका अनुसार ‘मैले सन्नीलाई पहिलो पटक लस वेगासको एक रेष्टुरेन्टमा देखेको थिएँ । म त्यहाँ आफ्नो ब्याण्डसँग एक कार्यक्रम गर्न गएको थिएँ सन्नी भने आफ्ना साथीहरुसँग छुट्टी मनाउन आएकी थिइन् । मलाई उनीलाई देख्नेबित्तिकै मन पराएको थिएँ । मेरो एकजना साथीले उनलाई चिन्दथ्यो ।’
 सन्नीले रेष्टुरेन्टमा जहिले पनि फूलको गुच्छा पाउँथिन्ः
 त्यस्तै सन्नीका अनुसार ड्यानियलको प्रेम गर्ने तरिकाले आफू उनीप्रति आकर्षिक भएकी हुन् । उनी भन्छिन्, ‘त्यो दिन ड्यानियल मेरो अगाडि आए, मेरो नाम सोधेर आफ्नो टेबलमा गए । त्यसपछि जहिले म त्यो रेष्टुरेन्टमा जान्थें, एउटा फूलको गुच्छा मेरो लागि आइपुग्थ्यो । ड्यानियलको यहि व्यवहारप्रति म आकर्षित भएँ ।’

 मलाई पोर्न स्टारको श्रीमान् भनिँदा केही समस्या छैनः
एक अन्तर्वार्तामा ड्यानियलले भनेका थिए, ‘भारतमा एडल्ड फिल्ममा काम गर्नेलाई राम्रो भनिन्न तर म सन्नीलाई निकै माया गर्छु । उनी पोर्न स्टार भएकोमा मलाई केही अफसोस छैन । साथै उनको श्रीमान् भनेर चिनिनुमा पनि मलाई केही समस्या छैन । मलाई आफ्नो पोर्न स्टार श्रीमतीमाथि निकै गर्व छ । हामी राम्रा साथी हौं, बिजनेस पार्टर हौं र २४ सै घण्टा एकैसाथ हुन्छौं ।’

 तीन वर्षको डेटिङपछि सन्नी ड्यानियलले गरे विवाहः
 तर सन्नीले उनको प्रेम प्रस्तावलाई त्यति सजिलै स्विकारिनन् । ड्यानियलको निकै तारिफ गर्दै उनले भनिन्, ‘ड्यानियलले मेरो हरेक सुख दुखमा साथ दिए । हामी जहिले भेटेका थियौं त्यतिबेला मैले आफ्नी आमालाई गुमाएकी थिएँ । म डिप्रेसनमा थिएँ । जिन्दगीबाट निराश भइसकेकी मेरो हालत देखेर सायद जो कोहीले मलाई छोडिदिन्थ्यो । तर ड्यानियलले यसो गरेनन् । तीन वर्ष डेट गरेपछि हामीले विवाह गर्यौं । त्यसपछि मेरो बुवाको मृत्यु भयो, त्यतिबेला पनि उनले मलाई सम्हाले ।’

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv