Latest Updates :

युद्धको खतराः यी ९ देशबीच युद्ध भए संसार खरानी बन्नेछ


SHARE THIS POST :

भारत र पाकिस्तानबीच यतिबेला युद्धको चर्चा छ । त्यस्तै चर्चा छ अमेरिका र रुसबीच पनि । रुसले त आफ्ना दशौं लाख नागरिकलाई आणविक हतियारको आक्रमणबाट बच्ने ड्रिल गराइरहेको छ । यी आणविक हतियारधारी देशबीचको तनावले अव विश्वमा तेश्रो विश्व युद्धको बादल मडारिएको कतिपयको भनाइ छ ।

पाकिस्तानले यो मितिमा गर्न सक्छ भारतमा परमाणु हमला

रुसी सैनिक विश्लेषक पाभेल फेल्गेनहाउरले अव विश्वमा परमाणु यद्धको सम्भावना बढेको बताएका छन् । नेटोको मुख्य नेतृत्वकर्ता अमेरिका र त्यसको मुख्य प्रतिद्वन्दी संसारमै सबैभन्दा धेरै आणविक हतियार छन्



अहिले अमेरिका र रुसको भण्डारमा रहेका हइड्रोजन बमले संसारका ठूला ठूला शहरलाई एकै सेकेण्डमा भग्नावशेषमा परिणत गरिदिन सक्छन् । हिरोसिमा र नागासाकीमा खसालेको बमले उत्पन्न गरेको रेडियो विकिरणले कम्तिमा ६ करोड मानिस मारिएका थिए । यो भन्दा भयानक हुने हाइड्रोजन बमले यस्ता करोडौं मानिसलाई खरानी बनाउन सक्छन् ।

संसारका कुन् कुन् देशसँग छ आणविक हतियारः

१-रुसः
संसारमा सबैभन्दा बढी आणविक हतियार भएको देश रुस हो । रुससँग ८००० भन्दा बढी आणविक हतियार सक्रिय छन् भने ४५०० भण्डारमा छन् । त्यस्तै रुसले क्षेप्यास्त्र र अवाइ अखडामा गरेर १९४८ तैनाथ गरेको छ ।



२- अमेरिकाः
अमेरिका एक मात्र यस्तो देश हो जसले अहिले सम्म परमाणु हतियारको प्रयोग गरिसकेको छ । अमेरिकाले जापानको हिरोशिमा र नागासाकीमा परमाणु बम खसालेको थियो । अमेरिकासँग अहिले ७३०० परमाणु हतियार छन् ।


३- फ्रान्सः
युरोपमा सबैभन्दा बढी आणविक हतियार हुने देश फ्रान्स हो । फ्रान्ससँग ३०० परमाणु हतियार छन् ।


४- चीनः
चीनको स्थल सेना संसारकै शक्तिशाली सेना हो । आर्थिकरुपमा सशक्त चीनसँग २५० परमाणु बम छन् ।



५-ब्रिटेनः
अमेरिकाको सहयोगी देश मानिने बेलायतसँग २२५ परमाणु हतियार छन् ।



६- पाकिस्तानः
भारतसँग टक्कर लिने दक्षिण एसियाली छिमेकी पाकिस्तानसँग १०० देखि १२० सम्म परमाणु बम भएको विश्वास गरिन्छ ।



७- भारतः
परमाणु हतियारको मामिलामा भारत पाकिस्तान भन्दा पछि छ । भारतसँग करिव ९० देखि ११० परमाणु बम भएको विश्वास गरिन्छ ।


८- इजरायलः
संसारमा परमाणु सामर्थ्य भएको मुलुक इजरायल पनि हो । इजरायलसँग ८० परमाणु बम छन् ।


९- उत्तर कोरियाः
दक्षिण कोरिया देखि अमेरिका सम्मलाई खरानी बनाउने चेतावनि दिने उत्तर कोरिया पनि आणविक हतियार सम्पन्न देश हो । उत्तर कोरियासँग ६ परमाणु बम भएको विश्वास गरिन्छ।


१९७९ मा अमेरिकी कांग्रेसको प्रविधी कार्यालयले प्रकाशित गरेको ‘दि इफेक्ट्स अफ वार’ अर्थात ‘युद्धका प्रभाव’ एक रिपोर्टमा आणविक युद्ध शुरु भएमा हुने अवस्थाको चित्रण गरिएको थियो । यस्तो युद्धले बमबाट बँचे पनि दशौं लाख मानिस रेडियो विकिरणका लागि क्यान्सरबाट मर्ने उल्लेख छ । यस्तो युद्धको शुरुवातमा बाँचे पनि ८० प्रतिशत अमेरिकीहरु यस्तो प्रभावले नै मर्ने समेत उक्त रिपोर्टको भनाइ छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv