ताहुँ गाविस–७ की विन्दु पुलामीको हत्या प्रकरणका मुख्य दोषी दिपेन्द्र बस्याल लगायत उनी संगै फरार भएकी अर्की युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई केहीबेरमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।
दिपेन्द्रका वुवा लक्ष्मण बस्याल र उनकी आमा तथा अंकललाई यो भन्दा पहिला नै पक्राउ गरि अनुसन्धान भई रहेको थियो ।
हेक्लाङ्ग ६ की बिन्दुको ताँहु ७ निवासी २५ वर्षका दीपेन्द्र बश्यालसंग २०६९ सालमा अन्र्तजातीय विवाह भएको थियो । उनी घर परिवारबाट हिंसाका कारण श्रीमानसंग छुट्टै बस्दै आएकी थिईन् ।
२०७३ सालको वडा दशै पछि उनी एकाएक रहस्यमयी रुपमा वेपत्ता भए पछि उनको माइती र आफ्न्तहरुले व्यापक रुपमा खोजी शुरु गरेका थिए । श्रीमान र घर परिवारले वास्तै नगरेका कारण उनलाई माईती पक्षले खोजीका लागि प्रहरीको शरण लिनुपर्ने बाध्यता भएको पिडितहरुले गत मंगलवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरे ।
बिन्दुका बुवा नरेन्द्र पुलामीका अनुसार, बिन्दुलाई पटक–पटक घर पक्षबाट धम्की दिने काम हुने गरेको थियो । सो विषयमा गाउँमै पनि पटक–पटक बसेर छलफल भई सकेको हो,तर अन्तिम पटक सोमवार गाउँमा भएको छलफल पछि ज्वाई दीपेन्द्र नै सम्पर्क बिहीन भएका थिए ।
निवेदन पछि प्रहरीले बिन्दुको खोजीलाई तिव्रता दिदै, वेपत्ता हुनुको अनुसन्धान गरि रहेको थियो । पाल्पाका प्रहरी उपरीक्षक हरि वाग्लेका अनुसार निवेदन पछि खोजी शुरु गरेको थियो । प्रहरीले एक साताको सुक्ष्म अनुसन्धान पछि दीपेन्द्र र उनी संगै भारत तर्फ फरार भएकी गल्धाकी शुसिला सामैलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान र पुछताछ शुरु गरेको छ ।
बिन्दुका माईती पक्षले बिन्दु वेपत्ता हल्ला गरे संगै दीपेन्द्र बस्यालले सोमवार नै संगै लिएर फरार भएका थिए । दीपेन्द्र छिमेकी मुलुक भारतको कुनै शहरबाट पक्राउ परेको भएता पनि कानूनी समस्याका कारण प्रहरीले उनलाई नेपालबाटै पक्राउ परेको भन्ने कुरा सार्वजनिक गर्ने तयारी गरेको छ ।
दीपेन्द्र संगै गएकी शुसिला सामैले आफ्ना अभिभावकलाई भारतबाट फोन गरे पछि, अनुसन्धान प्रक्रियालाई अझ तिव्रता दिइएको थियो । दोषीलाई कारबाही हुनुपर्ने माग राखेर सोमवार पनि दिन भर पाल्पाको सद्रमूकाम तानसेनमा बिद्यार्थीहरुले प्रर्दशन गरे । जिल्लाका शिक्षण संस्थाहरुका बिद्यार्थीहरुले तानसेनमा जुलुस प्रर्दशन गरेर स्थानीय शीत्तलपाटीमा कोणसभा गरेका थिए ।
कोणसभामा जिल्लाका ६ बिद्यार्थी संगठनका नेताहरुले बिन्दुका हत्यारालाई कडा भन्दा कडा कार्यवाही गर्नुपर्ने र पाँच बर्ष पहिला देखि अपहरणमा परेको किशोर न्यौपानेको अवस्था छिट्टै सार्वजनिक गर्नुपर्ने माग गरेका थिए । बिन्दुका हत्यारा भनिएका उनका पति र उनी संगै फरार भएकी अर्की युवती पक्राउ परेको भए पनि घटनामा संलग्न दोषीलाई कडा भन्दा कडा कार्यवाही हुनुपर्ने माग बिद्यार्थीहरुले रोख्दै आएका छन् ।
यसै क्रममा आईतवार पिडितहरुको प्रर्दशनका क्रममा प्रहरी र प्रर्दशन गरीहरु मध्ये पाँच जना समान्य घाईते भएका थिए । पहिलो दिनको आन्दोलनमा प्रहरी र पिडित पक्षबीच बीच पटक पटक झडप भएको थियो ।
आईतवार दिउसो अधिकारवादी तथा पिडित, महिला सरोकारवाला सहभागि भएको जुलुसले तानसेनको बिभिन्न भागको परिक्रममा गर्दै बिन्दुको हत्यामा संलग्न भएकालाई तत्काल पक्राउ गरेर सार्वजनिक गर्नुका साथै कार्यवाही अगाडि बढाउँन माग गर्दै प्रर्दशन गरेका थिए ।
Post a Comment