Latest Updates :

यो संसारमा कुनै न कुनै समस्या र पीडा नभएका मानिसह शायदै छन् होला I नीजी जीवनका पानाहरु पल्टाउदा सबैले आफु लाई कहिँ न कहिँ दुखि भेटाउछ I सुख र आनन्दका क्षण पनि हुन्छन नै I


SHARE THIS POST :


यो संसारमा कुनै न कुनै समस्या र पीडा नभएका मानिसह शायदै छन् होला I नीजी जीवनका पानाहरु पल्टाउदा सबैले आफु लाई कहिँ न कहिँ दुखि भेटाउछ I सुख र आनन्दका क्षण पनि हुन्छन नै I कलिलो मस्तिष्क भएको बाल्य जीवन मा घरायशी किचलो को पिरोलो भोग्न बाध्य म र मेरो दाजु आज पनि अनाहकमा अन्जान मानिसहरु द्वारा अपमानित हुनु पर्दा निकै दुखित भएको छु I
वास्तव मा हामीले के गल्ति गरेयाै‌ र येति धेर मानिस हरुले हामि गालि गरि रहेका छन् ? के समाजका मानिस हरु येति एकोहोरो हुन मिल्छ ? घटना को बारे मा सबै कुरा नबुझी दिइने र दिइएका प्रतिक्रिया कसरि सहि हुन सक्छन ? भोग्ने भन्दा सुन्ने जान्ने हुन त सक्दैन होला नि I मेरो पारिवारिक अवस्था का बारेमा बुझेका साथि हरु लाई त मैले स्पस्टिकरण दिनु पर्ने छैन I सामाजिक संजालका प्रतिक्रिया हेर्दा घटना को वास्तविकता थाहा नपाउने हरु नै स्वघोषित न्यायाधिश भएर फैसला सुनाइ रहेको देखें I तीनै न्यायाधिशहरुले हामीलाई दोषी करार गरि रहेका छन् , हामि लाई कर्तव्यको पाठ सिकाई रहेका छन् I हामि माथि गालिको बर्षा गरि रहेछन । सबैको परिवार हुञ्छ, परिवारमा केहि न केहि समस्या हुन्छन । विवेक बन्धकी राखेर जथाभावी गालि को वर्षा गर्नु अमानवीय कार्य हैन र ? हामि पनि मानिस हौँ र हाम्रो पनि मन, भावना र ममता छ I न त हामि कुन हिंश्रक जनावर हौँ न त पेशेवर अपराधी नै I
कान्तिपुर टेलिभिजन मा प्रसारण भएको सुमन संग नामक कार्यक्रम को मुख्य पात्र हाम्रो आम़ा कन्चन (रमा) शर्मा को कुरा मैले पनि सुनें । कार्यक्रम प्रसारण भएको समय मा मेरो परिक्षा चलि रहेको थियो I कार्यक्रम प्रसारण भै सके पछि मेरो शरीर र मस्तिष्क नै थला परे जस्तो भयो ।
हाम्रो परिवारमा आमा को अस्वाभाविक र अमर्यादित काम , क्रियाकलाप र व्यवहार क कारण दरार पैदा हुदै बिखन्डन भएको हामि दुवै दाजु भाई ले देखेका छौं। दाई त अहिले सम्म सम्हालिन सक्नु भएको छैन । भविस्य को अनुमान लगाउन नसक्ने हामि अबोध बालक लाई आमा बुबा को माया र मार्गदर्शन को खाँचो भएको समय मा आमाले हामि लाई एक बचन नसोधी घर छोड्नु भयो । लामो समय सम्म पारिवारिक जिम्मेवारी बाट अलग्गिए पछि आमा र बुबा को बीचमा अदालत को माध्यमबाट सम्बन्ध बिच्छेद भयो । हाम्रो बुबा को काँधमा आमा र बुबा दुवै को जिम्मेवारी उठाउनु पर्ने भार पर्यो। बुबा को सहनशीलता , लगन, माया र ममता ले हामि अघाडी बढेऔं । आमा ले घर छोडदा मा १३ बर्ष को थिएँ र कक्षा ८ मा पढथें । आमा क लागि केहि नगरेको आरोप लगाउने हरु लाई सोध्न चाहन्छु ; मलाई आमाको माया र भरोशा आवश्यक थियो कि तिरष्कार र घृणा ?
पराइलाई आफन्त र आफन्त लाई पराइ ठान्ने काम त स्वयम् हाम्री आमा ले गर्नु भयो जस कारण हाम्रो परिवार एक हुन सकेन । हो हामी ले बुबा को पक्ष लियाै‌। बुबा को पक्ष किन लिएको भनेर तपाई हरु कसैले हामीलाई सोध्नु भयो ? बुबा र आमा को झगडा मा बुबा सहि हुनुहुन्थ्यो, आमा गलत हुनुहुन्थ्यो, त्यस कारण हामि ले बुबा को साथ् दियाै‌ । आमा ले गर्नु भएका अमर्यादित काम म सामाजिक संजाल म़ा ब्यक्त गर्न सक्दिन ।
अनि आमा का बनावटी कुरा सुनेर हामि माथि अन्याय गर्ने अधिकार सामाजिक संजाल प्रयोगकर्तामा कहाँ बाट प्राप्त भयो ? येदि यो देश म़ा नियम कानुन छ र यो कानुनि राज्य हो भने हामि माथि त्यसरी अन्यापूर्वक गालि को वर्षा गर्नेहरु माथि आवस्यक कानुनि कार्यवाही गरि पाउन यसै बाट अनुरोध गर्दछु ।
सन्तान को लागि आमा र बुबा दुवै भगवान सरह हैनन ? के हामि ले आमाले गरेका गल्ति को लागि पनि बुबालाई दोषी ठान्नु न्यायोचित हुन्थ्यो ? आमा ले हामि लाई लगाउनु भएको आरोप टक्सन गाडी म़ा चढेर हात हल्लाएर बाई बाई गरे भन्ने कुरा सुनेर सबै मानिस हामि माथि जाइ लाग्नु भएको हैन ? हामि संग टक्सन गाडी कहाँ छ ? मैले र दाई ले मोटर साइकल चद्छौँ, जस मध्ये मेरो license समेत प्रमाण को रुप म़ा मैले पेश गरेको छु
आम़ा को सम्बन्ध बिच्छेद बुबा संग भएको हो, अरु को साहाराम़ा बाँची रहेका आफ्नै छोरा हरु माथि एउटी आम़ा को एस्तो लान्छना किन ? आमा लाई हामीले लत्याएका हैनौं , हामि आम़ा बाट लत्याइएका अभागी छोरा हरु हौँ सत्य येही हो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv