काठ्माण्डौ ०८ मंसिर
कहिल्यै नभेटका र नदेखेकाहरु फेसबुकमार्फत सहजै साथी बन्छन । कतिको घरबार बिग्रिएको छ भने कतिले बिहेबारी समेत यही फेसबुकले गराइ दिएको छ । चीनमा एउटा यस्तो घटना भएको छ, अनलाइनमा साथी बनेर भेट्न जाँदा ससुरा-बुहारी पो परेछन । एक आपसमा भेट्दा यी दुबै जना लाजले पानी पानी मात्रै हुनु परेन्, बाबुले छोराको कुटाइसमेत खानुपरेको समाचार एजेन्सीहरुले जनाएका छन । घटना चीनको हेलोगजियांग प्रान्तको हो । यी ससुरा र बुहारी दुबैले आफ्ना पति पत्निलाई झुक्काएर च्याट गर्थे । दुवै जनाले आफ्नो नाम र फोटो समेत बदलेका थिए । अनजानवश च्याटमा भएको भेट र कुराकानी माया प्रेममा परिणत हुन थाल्यो । यसो त ५७ बर्षीया वांगलाई अनलाइनमा साथी बनाउने र च्याट गर्ने लत नै थियो । वांग आफ्नै बुहारीसँग कुरा गर्दा आफू एउटा कम्पनीको निर्देशक भएको भनेर ढाँटथे, श्रीमतीको मृत्यु भइसकेकाले आफू एक्लै भएको ती महिलालाई बताउथें । बुहारी लिली पनि के कम ?
उनी आफ्नो श्रीमान जेलमा रहेकाले छोरासँग मात्रै बस्दै आएको बताउँदै आएकी थिइन । हरराति यी दुईबीच च्याट्मा कुरा हुन्थ्यो । पछि फोटो पठाउने कुरा भयो । अनि दुबै जनाले आफ्ना साथीका राम्रा फोटो पठाइदिए । फोटो हेरिसकेपछि दुबैजनाले बेलुकी स्थानीय होटेलमा ६ बजे भेट्ने तय गरे । लिली र वांगबीच होटेलमा भेट्ने तय भएकै दिन लिलीका श्रीमान यात्राबाट घर पर्किए । उनले च्याटबारे सबै जानकारी पाएपछि दुबैलाई रंगेहात समात्न होटलतिर लागे । लिली जब होटेलमा गएर कोठा ढकढकाईन त्यसपछि ढोका खोल्दा आफ्नै ससुरा पो परेछन । पछि श्रीमान पनि लिलीलाई पछ्याउँदै होटल पुगेपछि लफ्डा सुरु भयो । लिलीका श्रीमानले बाबु र श्रीमतीलाई कुटपिट गरेपछि प्रहरी आइपुग्यो । अहिले फेसुबक लभको चक्करमा प्रहरीले ससुरा-बुहारीलाई केरकार गरिरहेको छ ।
Post a Comment