लाइट नेपाल
अमेरिका, २५, कात्तिक । अमेरीकामा बुधबार सम्पन्न राष्ट्रपति निर्वाचन परिणाममा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पभन्दा दुई लाख बढी प्रत्यक्ष मत ल्याएर पनि राष्ट्रपति हुनबाट बन्चित भइन्। अर्थात् अमेरिकन मतदाताहरुको सर्वाधिक मत पाउने व्यक्ति राष्ट्रपति नबनेर दोस्रो धेरै मत प्राप्त गर्ने ट्रम्प राष्ट्रपति चुनिए। मत गणनाको परिणाम अनुसार क्लिन्टनले ५ करोड ९९ लाख २३ हजार २७ अर्थात् कुल मतको ९४७।७० प्रतिशत० मत प्राप्त गरेकी छन्। यस्तै राष्ट्रपतिमा निर्वाचित ट्रम्पले ५ करोड ९६ लाख ९२ हजार ९ सय ७४ ९४७। ५० प्रतिशत० मात्र मत प्राप्त गरेका छन्। केही मत पत्र गन्न अझै बाँकी भए पनि हिलारीले धेरै प्रत्यक्ष मत पाउने पक्का(पक्की जस्तै छ। यसो हुनुको कारण, अमेरिकामा प्रत्यक्ष मत कसले धेरै पायो त्यो व्यक्ति राष्ट्रपति चुनिने होइन, कसले धेरै इलेक्टोरल कलेज प्राप्त गर्यो त्यो नै राष्ट्रपति चुनिन्छ। १६ वर्ष अघि सन् २००० को राष्ट्रपति निर्वाचनमा पनि डेमोक्र्याटिक पार्टीका उम्मेदवार एल गोरले रिपब्लिकन पार्टीका उम्मेदवार जर्ज बुशभन्दा धेरै प्रत्यक्ष मत प्राप्त गरे पनि बुश राष्ट्रपति निर्वाचित भएका थिए।
Post a Comment