यौटा प्रार्थमिक बिद्यालयकि शिक्षीका (मिस) ले एकदिन कक्षा तिन का बिद्यार्थी सँग परिक्षा लिईन , परिक्षामा एउटा मनोबिज्ञान सँग सम्बन्धित प्रश्न पनि सोधिएको थियो > “यदि मेशिन बाट मान्छेलाई पनि उसले चाहेको सामान बनाउन मिल्ने भए तिमी चाही के बन्थ्यौ ? र किन ?” परिक्षा जसै सकियो ति मिसले परिक्षा पत्र जाँच्न को लागी घरैमा लिएर आईन । साँझ को खाना खाएर मिस कपी जाँच्न बसिन , जाँच्दै गईन् अन्तिम कपि जाँच्दैगर्दा उनका आँखाभरी आँशु भए , उनका श्रीमान उनकै नजिक बसेर TVमा केहि हेरिरहेका थिए । त्यो देखेर उनले भने किन रोएकी यस्ता कलिला बच्चा बच्चिका कपि जाँच्दा पनि रुनुपर्छ त ? शिक्षीका ले आँशुले भरिएका आँखाले आफ्ना श्रीमान तिर हेर्दै भनिन – आजको परिक्षामा यिनिहरुलाई यौटा प्रश्न सोधिएको थियो त्यसको जवाफमा एक जना बच्चाले यस्तो लेखेको छ > यदि आफ्नो ईच्छा अनुसारको सामान बन्न पाउने भए म “टि.भी.” बन्ने थिएँ . . .
श्रीमान – (हाँस्दै) धत लाटी यस्तो कुरामा किन रुनु ?
मिस – अगाडि सुन्नुस् न अझै >किन कि टि भी भए सँधै बाबा मम्मि अनि घरका सबै सदस्य मेरो वरिपरि रहने थिए । घरमा मेरो स्थान नै अलग हुने थियो , जब म बोल्थेँ सबैले ध्यन दिएर सुन्थे बिना कुनै उल्टा सवाल , बाबा अफिसबाट थाकेर आएपनि मरो छेउमा बसेर मलाई नै हेरिरहनुहुने थियो , मम्मिको अरु कुनै काम नभएको बेला पनि ममा लागेको धुलो पुछ्दै प्यारका साथ रुमालले ढाकि दिनुहुन्थ्यो , मम्मि बाबा जब तनाब मा पर्नुहुन्थ्यो तब मलाई गालि गर्नु हकार्नु को सट्टा उल्टै मेरो साथमा बसेर आफ्नो तनाव कम गर्नुहुन्थ्यो , साँच्चै म टि भी हुन्थेँ भने सबैलाई खुशिदिन सक्थेँ , यहाँसम्म कि मेरो सामु बस्न मेरा दिदी दाजु र भाई बहिनीमा तँछाड मछाड झगडा हुन्थयो . . . . । यति सुनेपछि मिसका श्रीमान अलि गम्भिर भए । र भने – बिचरा बालक ! उसका बाबा आमाले त उस्लाई अलिकति पनि ख्याल नगर्दा रहेछन् , कति अभागी त्यो बच्चा बाबु आमाको ममताको लागी तड्पीरहेको रहेछ , केहि त देखभाल गर्नु नि ।
अगाडि मिसले भनिन् > थाहा छ हजुरलाई त्यो बच्चा को हो ? श्रीमान – को हो ? मिस- त्यो बच्चा हाम्रै छोरा कालु हो . . . . . । श्रीमान – हँ . . . . ऽऽ (दुबै जना स्तब्ध)
हजुर ! आजको अति ब्यस्त जिन्दगिको भाग दोड युक्त माहोल मा कतै तपाईँ का प्यारा कालु पनि टिबी या मोबाईल त बन्न चाहँदैनन् ? आदरणिय मित्रहरु कुनैबेला यो कथाको जस्तो अवस्था मैले पनि भोगेको छु । त्यसैले मेरो त मन छोयो । बास्तव मा हामी हाम्रा अभिभावक बाट या हाम्रा सन्तान बाट खुशि र अपार मायाँ ममता पाउन चाहन्छौक भने हामीले पनि त्यो कुरा दिन सक्नु पर्छ । Share र care परिवार मा हुनु जरुरी छ ।
शुभ समय !
Post a Comment