Latest Updates :

चर्चित तरकारीवालीले भनिन्ः प्रस्ताव आए मोडलिङ गर्न तयार छु


SHARE THIS POST :
 प्रकाशित मिति: शुक्रबार, कार्तिक १९, २०७३

काठमाडौं । तरकारीवालीका नामले सामाजिक सञ्जालमा भाइरल युवतीले प्रस्ताव आए मोडलिङ गर्न तयार रहेको बताएकी छिन् ।तरकारीवालीका नाममा सामाजिक सञ्जालमा भाइरल भएकी गोरखाकी कुशुम श्रेष्ठले सामाजिक सञ्जालमा भाइरल हुँदा खुशी लागेको बताउदै प्रस्ताव आए मोडलिङ गर्न तयार भएको बताएकी हुन् । बिहीबार  टेलिफोनमा कुरा गर्दै उनले प्रस्ताव आए मोडलिङ गर्न तयार रहेको बताएकी हुन् । उनले सामाजिक सञ्जालमा आफ्नो तस्बिर भाइरल भएको खबर आफूसँग सँगै पढेको साथीले फेसबुकमा आएको आफ्नो फोटो म्यासेन्जरमा पठाइदिएपछि थाहा पाएको बताएकी छिन् ।

साथीले म्यासेन्जरमा फोटो पठाइदिएपछि भने उनले आफ्ना बारे आएका समाचार पढिरहेको बताएकी छिन् । गोर्खा वाङलिङमा तरकाी व्यापारमा रहेकी कुशुम अहिले चितवनको माडीमा कोयष्ट मोडल कलेजमा ११ कक्षा पढिरहेकी छिन् । कुसुमले आफू अहिले चितवनमा काकाको घरमा बस्दै आएको बताएकी छिन् । उनका बुवा आमाले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । दसैंतिहारको विदामा घर गोर्खा पुगेका बेला उनले गोलभेंडा बोकेको तस्बिर भाइरल भएको हो ।

कुसुम एक्ली छोरी हुन् । उनका बुवा चन्द्र नारायण श्रेष्ठ र आमा ज्ञानु श्रेष्ठ तरकारी व्यापार गर्छन् । बाबुआमाnepal-tarkari-ktको कामममा साथ दिन तरकारी बोकेको बताएकी कुसुमले आफूले बोकेको तरकारीबारे चर्चा हुँदा खुशी लागेको बताएकी छिन् ।

यस अघि पाकिस्तानका चियावाला युवक अरसद खानको तस्बिर यसरी नै चर्चित भएपछि उनलाई मोडलिङका प्रस्ताव आएपछि उनी मोडलिङमा व्यस्त छन् । यही प्रसंगलाई जोडेर भएको कुराकानीमा उनले भनिन्, ‘यस्तो कामको प्रस्ताव आए काम गर्छु ।’

कुसुमले अब भने आफूले कसैलाई तस्बिर खिच्न नदिने बताएकी छिन् । नले भनिन् ‘अब तस्बिर खिच्न दिन्न ।’ पर्यटन व्यवसायी रुपचन्द्र महर्जनले त्रिशुलीमा पर्यटकलाई र्‍याफ्टिङ गराइसकेर पारी पट्टीको गाउँमा घुमाउन लैजाने क्रममा गोर्खा र चितवन जोड्ने फिस्लिङको झोलुङे पुलमा उनको तस्बिर खिचेका थिए ।

महर्जनले खिचेका तस्बिर आफ्नो फेसबुकमा राखेका थिए । उनले फेसबुकमा राखेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि उनले भने डरले फेसबुकबाट फोटो हटाएका छन् ।महर्जनले भने, ‘बहिनीको फोटोको बारेमा धेरै प्रचार भएपछि उनलाई समस्या पर्छ की भनेर डराएर फोटो तुरुन्तै फेसबुकबाट हटाएँ ।’


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv