Latest Updates :

श्रीमतीलाई वियोगान्त पत्र लेखेर नारायणी नदिमा हाम फाली आत्महत्या गरे भनेका युवक चितवन मेडिकल कलेज नजिकबाट परे पक्राउ


SHARE THIS POST :
लाइट नेपाल
चितवन २८ कार्तिक –   नारायणी नदीमा हामफालेका भनिएका मोरङका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। नारायणी नदीको पुलको बीच भागमा श्रीमतीलाई पत्र लेखेर छाडेका पथरी– १ का ३१ वर्षीय तिलकप्रसाद लिम्बूलाई प्रहरीले भरतपुर उपमहानगरपालिका– १० चितवन मेडिकल कलेज नजिकबाट आज साँझ पक्राउ गरेको वडा प्रहरी कार्यालय नारायणीका प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिए। उनलाई नियन्त्रणमा लिई कारबाही प्रकृया अघि बढाएको थापाले बताए।

लिम्बूले श्रीमतीलाई वियोगान्त पत्र लेखेर गए राति नारायणी नदीको पुलको बीच भागमा छाडेका थिए। प्रहरी निरीक्षक थापाका अनुसार पत्रमा श्रीमती अञ्जलीलाई राम्रोसँग जिउन आग्रह गरिएको छ । पत्रसँगै श्रीमतीको सक्कल नागरिकता, आफ्नो नागरिकताको प्रतिलिपि, मोबाइल, चुरोट, लाइटर, ज्याकेट, कलम, विवाह दर्ताको प्रमाणपत्र पनि छाडिएको थियो। आज बिहान पत्र र ती सामग्री फेला परेपछि प्रहरीले दिनभर उनको खोजी गरेको थियो


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv