कात्तिक २१– कुवेतको एक घरमा कार्यरत नेपाली महिलाको उद्दार गरिएको छ ।
समस्यामा परें भन्दै उद्दारका लागि फेसबुकबाट आग्रह गरेकी सिन्धुपाल्चोककी पुजा तामाङको उद्दार गरिएको एनआरएनए कुवेतकी महिला प्रतिनिधी मधु मगरले जानकारी दिनुभयो ।
घर मालिकको अत्यचारमा परेकी पुजालाई एनआरएन, दूतावासका कर्मचारी तथा विभिन्न व्यक्तिको सहयोगमा कुवेत दूतावासमा पुर्याइएको छ । पुजाको उद्दारका लागि कतारमा कार्यरत किसोर सुनुवार, एनआरएनए कुवेतका अध्यक्ष, अर्जुन तामाङ, मधु मगर र दूतावासका कर्मचारीले पहल गरेका थिए । भाइटीकाको दिन फेसबुकमार्फत उद्दारका लागि पुजाले आग्रह गरेकी थिइन् ।
Post a Comment