Latest Updates :

बेलायतमा पुगेर प्रियंकालाई यसरी प्रेम प्रस्ताव राखे दयाहाङ राईले


SHARE THIS POST :

नायक दयाहाङराईले नायिका प्रियंका कार्कीलाई बेलायत पुगेर प्रेम प्रस्ताव राखेका छन् । रातो गुलाफको फूल दिदै दयाहाङले प्रियंकालाई प्रेम प्रस्ताव राखेका हुन् ।पर्दामा निकै जमेको जोडी नायक दयाहाङ र नायिका प्रियंका नयाँ चलचित्र ‘ह्याप्पी डेज’को छायांकनका लागी बेलायतमा छन् ।

 बेलायतमै करिब एक करोड ७० लाख रुपैयाँ लगानीमा तयार भइरहेको ‘हयाप्पी डेज’ को सुटिङ अहिले बेलायतको क्याम्बर्ली, रेडिङ, फार्नबोरो लगायत लोकेशनमा भइरहेको छ । सोही चलचित्रको एक दृश्य सुटिङ्गका क्रममा दयाहाङले प्रेम प्रस्ताव राखेका हुन् । नेपाली फिल्म उच्च प्रविधि र प्राविधिक सहित बेलायतमा छायांकन हुनुले अब चलचित्र क्षेत्र अझ व्यापक हुंदै गएको भन्दै नायिका प्रियंका कार्कीले खुसी साटेकी छिन् ।
 प्रियंकाले ७३ वटा मध्ये ६० बढी सिन आफ्नो भएकाले डिसेम्बर अन्तिमसम्म बेलायतमै व्यस्त हुने पनि बताइन् । हिउंले ढाकिएको सेताम्मे लोकेसनमा ‘सुट’ गर्ने उनको सपना छ । वीपी खनाल, विक्रम जोशी, नरेश शर्मा, डा। अशोक बन्सल, सपनकुमार राई र मिलन चाम्सले यो चलचित्रमा लगानी गरेका छन् । यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरिरहेका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv