हिजो १३०० ले बढेको सुनको भाउ आज १४०० रुपियाँले घट्यो
काठमाडौं: बुधबार मात्रै प्रतितोला एक हजार तीनसयले बढेको सुनको भाउ भोलिपल्टै बिहीबार उल्टिएर एक हजार चारसयले घटेको छ । अमेरिकी राष्ट्रपतिको निर्वाचन परिणामका कारण बढेको सुनको भाउ अमेरिकी नीतिमा खासै परिवर्तन हुने नदेखिएपछि सस्तिएको हो । बिहीबार सुन प्रतितोला ५६ हजार आठ सय रुपियाँमा कारोबार भयो । जबकी सुनचाँदी व्यवसायीले अमेरिकामा डोनाल्ड ट्रम्पको विजय भएकाले सुनको भाउ अझै बढने संभावना औंल्याएका थिए । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनको भाउमा भारी गिरावट आएको जानकारी दिएको छ । महासंघले ट्रम्पको आर्थिक नीति खासै परिवर्तन नहुने देखिएको र पाँचसय र एक हजार दरका भारुको आंशिक प्रभावसमेत यसमा परेकाले सुनको भाउ सस्तिएको जनाएको छ । सुनसँगै आज चाँदीको भाउ पनि प्रति तोला १० रुपियाँ घटेर ८३५ रुपियाँमा कारोबार भएको छ ।
Post a Comment