काठमाडौं– बीबीसीले भारतीय नोट भन्दै नेपाली नोट देखाएको छ । हिजो भारतले पाँच सय र एक हजारका नोटमा प्रतिबन्ध लगाएपछि संसारभरका मिडियाले समाचार बनाएका थिए । यहीक्रममा बीबीसीले नेपाली नोट देखाएर, ‘यी नोट प्रतिबन्ध भएका छन्’ भन्दै खवर प्रशारण गरेको थियो ।
बीबीसीको यो समाचारको सोसल मिडियामा खुवै आलोचना भएको छ । बीबीसीले ट्वीटरमा शेयर गरेको समाचारमा भने भारतीय भन्दै श्रीलंकाका नोटहरु देखाइएको थियो । यसैबीच बीबीसीले गल्ती स्वीकार्दै त्यसलाई सुधार्ने जनाएको छ ।
Post a Comment