दुवई, कात्तिक २३
युएईमा एक नेपालीको हत्या अभियोगमा सुरक्षागार्डको रुपमा काम गर्ने एक ईजिप्सीयन नागरिकलाई जन्मकैदको फैसला भएको छ । ति व्यक्तिले सँगै कोठामा बस्ने नेपालीलाई यौन दुव्र्यवहार गर्दै छुरा प्रहार गरी हत्या गरेको अभियोगमा दुवई अदालतले यस्तो सजाय सुनाएको हो ।
अल नदामा एकै कोठामा बस्ने उनीहरु मध्ये ईजिप्सीयनले गत डिसेम्वरमा नेपालीलाई छुरा हानेर हत्या गरेका थिए । अदालतमा उनले आफूले योजना बनाएर नेपालीको हत्या नगरेको बताएका थिए ।
उनले ति नेपालीको हत्या गरेको अर्की एक नेपाली महिलाले देखेर प्रहरीलाई खवर गरेकी थिइन् । उनी कुनै होटलमा काम गर्ने महिला रहेको समाचारमा जनाइएको छ ।
Post a Comment