सन् १९९१ मा आएको फिल्म ‘सौदागर’ मा ‘इलु इलु’ गीतबाट पहिचान बनाउन सफल भएकी अभिनेत्री मनिषा कोइराला थाइल्याण्डमा भ्याकेशन इन्जोए गरिरहेकी छिन् । मनीषाले थाइल्याण्डमा बिदा मनाइरहेका केही तस्बिरहरु इन्ट्राग्राममा शेयर गरेकी छिन् । जसमा उनले साथीहरुसँग योगा गर्दै गरेको देखिएकी छिन् ।
चुरोट तथा रक्सीको नराम्रो लतका कारण कुनै बेला चर्चामा रहेकी अभिनेत्री मनीषा कोइरालालाई सन् २०१२ मा ओभरिको क्यानसर भएको पत्ता लागेको थियो । यस पश्चात सर्जरीका लागि उनी अमेरिका गएकी थिइन् । सन् २०१३ मा उनी पुर्ण रुपमा क्यानसरबाट मुक्त भइन् । क्यानसरलाई पराजित गरेकी उनले बलिउडमा आफ्नो दोस्रो सुरुवात गरेकी थिइन् ।
सन् २०१५ मा उनको फिल्म ‘चेहेराः ए मोर्डन डे क्लासिक’ रिलिज भएको थियो । बलिउडका साथै तामिल तेलुगु फिल्ममा पनि उनी एक्टिभ छन् ।
विवाह पश्चात उनको बलिउड करिअर भएको थियो बर्बाद
सन् १९४२ः लब स्टोरी, खामोशी, दिल से, जस्ता फिल्महरुमा उत्कृष्ट अभिनय गरेकी मनीषा कुनै समय अडियन्सकी मनपर्ने अभिनेत्री थिइन् । सन् २०१० मा उनले सम्राट दहालसँग विवाह गरेकी थिइन् । तर, विवाह गरेको केही महिना पश्चात नै उनीहरुको सम्बन्ध टुटेको थियो ।
केही तामिल तथा हिन्दी फिल्मबाट एकपटक अभिनयमा फर्किएकी मनीषाको कामलाई भने फ्यानहरुले रुचाएनन् ।





Post a Comment