Latest Updates :

प्रचण्डका पुत्र प्रकाश दाहालले के पी ओसीलाई राजनिती छोडेर झापामा सुगुर फम खोल्नु भनेपछि


SHARE THIS POST :

काठमाडौं, २१ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालले प्रमुख विपक्षी दल नेकपा एमालेलाई इमान्दारिताको राजनीति गर्न सुझाव दिएका छन् ।

अंगीकृत नागरिकता लिएकाहरु संवैधानिक उच्च पदमा रहन सक्ने गरी सरकारले संविधान संशोधनको तयारी गरेको भन्दै यसको विरोध भएसँगै प्रकाशले एमालेलाई फोहोरी राजनीति नगर्न चेतावनी दिएका हुन् । सामाजिक सञ्जाल फेसबुक मार्फत दाहालले एमालेलाई उक्त चेतावनी दिएका हुन् ।

अंगीकृत नागरिकको भ्रामक समाचार पनि एमालेले जानी जानी फैलाएको आरोप लगाएका उनले छलछामको राजनीति नगर्न एमालेलाई सुझाएका छन् ।

प्रकाश दाहालको स्टाट्स जस्ताको तस्तै

यो राजनीति अंगिकृत नागरिकताको भ्रामक समाचारपनि जानी जानी एमालेले फैलायो (जुन मोर्चाकाले नै खण्डन गरे) अहिले त्यहि एमालेका मिडिया फेरि अंगिकृत नागरिकताको विरोधमा उत्रियो एमाले भनेर छपाएछन् । हामी जनता कति निरिह । वास्तव गणेश मानसिंह ले त भन्नु भएकै थियो जता डोराएपनि डोरिने हामी नेपाली । एमाले कमसेकम राजनिति भित्र ईमान्दिरता हुन्छ भन्नेपनि ख्याल गर्नु न किन सरकार समिकरण परिवर्तन हुन सक्छ भन्ने कुरा थाहा थिएन ?? संबिधान जारी गर्दा माओवादीले जनताबाट चुनिएको कार्यकारी प्रमुख बनाउ ५ वर्षलाई ढुक्क भन्दा यो माओवादीको ऐजेण्डालाई समर्थन गरिन्न भन्ने तपार्इंहरु हैन ? अनि अहिले रोईलो ? माओवादीले यो विषयमा नोट अफ डिसेन्ट राखेर भए पनि संबिधान जारी गरेको विर्सनु भयो । अझैपनि आउनुस् संविधान संशोधन गरि जनताबाट चुनिएको कार्यकारी प्रमुखमा जाउँ ? के तयार हुनु हुन्छ ?? अन्यथा यो छलछाम भ्रमपूर्ण फोहोरी राजनिति गर्न छोड्नुस् । यस्तो राजनितिक गर्नेु भन्दा सुगुर फम चलाँउनु बेस भन्दै प्रकाशले व्याँग्य हानेका

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv