दैनिक नेपाल२०७३ कार्तिक १८ गते १२:४०
काठमाडौं, १८ कात्तिक ।
चीनले पहिलोपटक एउटा नयाँ लडाकू विमान सार्वजनिक गरेर विश्वलाई आश्चर्यचकित पारेको छ ।
चीनको झुहाईमा आयोजित एयर शो मा पहिलोपटक स्टील्थ विमान चेंगदू जे–२० नामको यो फाइटर जेटलाई रडारले पनि नियन्त्रण गर्न सक्दैन् । भारतीय मिडियाहरुले यो विमान सार्वजनिक हुनु भारतका लागि ठूलो खतरा हो भनेका छन् । किनकि चाँडै नै एउटा जे–२० विमानलाई चीनले पाकिस्तानलाई दिने तयारी गरेको छ ।
चीनको यो विमानले अमेरिकालाई समेत चिन्तित बनाएको बताइएको छ । भारतीय मिडियाहरुले यो विमानलाई रोक्न भारत अब सक्षम छैन भन्दै चीनले भारतीयहरुका लागि चिन्ता बढाएको उल्लेख गरेका छन् ।
जे–२० स्टेल्थ फाइटर जेट बनाएर चीन विश्वकै दोस्रो देश बनेको छ जो सँग स्टेल्थ लडाकु विमान छ । यसको मार क्षमता धेरै बढी छ । यसमा लामो दुरीसम्म मार हान्ने मिसाइल फिट गर्न सकिन्छ । अहिलेसम्म त मात्र अमेरिकासम्म स्टेल्थ लडाकु विमान थिए । अब अमेरिकालाई टक्कर दिन चीन अग्रसर भएको बीबीसीले जनाएको छ ।
यो विमान २०१८ सम्ममा चिनियाँ सेनाले प्रयोग गरिसक्नेछ । यो विमान पाएपछि चिनियाँ सेनाको शक्ति बढ्नेछ भने पाकिस्तानी एयरफोर्सले यो विमान प्रयोग गर्न चीनसँग कुराकानी गरिरहेको छ ।
रक्षा विश्लेषकहरुका अनुसार चीनले हवाई प्रदर्शनकोे मौका पारेर अमेरिकालाई सन्देश दिएको छ कि यो विमानले अमेरिकाका एफ–२२ र एफ–३५ लाई जवाफ हो ।
अमेरिकाका यी विमान चाँडै प्रशान्त महासागर र जापानमा तैनाथ हुँदैछन् । फाइटर प्लेन निर्माणमा पश्चिमी देशहरुमाथिको निर्भरताको अन्त्य गर्दै चीनले डिफेन्स रिसर्चमा धेरै प्रगति गरेको छ ।
दक्षिण र पूर्वी चीन सागर (समुद्र)मा बढ्दो तनावलाई मध्यरनजर गर्दै बेइजिङको यो कदमलाई महत्वपूर्ण मानिएको छ । चीन स्टील्थ विमान उत्पादन गरेर अमेरिकासँगको रक्षा संशाधन अन्तरलाई कम गर्न चाहन्छ ।
यस्ता छन् नयाँ फाइटरका विशेषताः
यो विमान २१०० किलोमिटर प्रतिघण्टा रफ्तारमा उडान भर्नसक्छ ।
यो विमान ३६००० किलोग्रामभन्दा बढी तौल लिएर उड्न सक्छ ।
यसमा एकपटकमा २५ हजार पौंड इन्धन भर्न सकिन्छ ।
विमानमा एक पाइलट बस्ने ठाउँ छ ।
यसबाट लामो दुरीको आकाशबाट आकाशमा मार हान्ने मिसाइल छाड्न सकिन्छ ।

Post a Comment