Latest Updates :

फेसबुकमा यस्ता गल्ती नगर्नुहोस् अकाउन्ट नै बन्द हुनसक्छ -


SHARE THIS POST :

फेसबुक हाम्रो जीवनशैलीको अभिन्न अंग बनिसकेको छ । फेसबुकमा स्टाटस लेख्नु, फोटो पोस्ट गर्नु तथा अरुका पोस्टमा लाइक र कमेन्ट गर्नु हामीमध्ये धेरैको दैनिक रुटिन नै हो ।

फेसबुक चलाउने क्रममा यसका नीति-नियमहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ । किनकी आफ्ना नीति-नियमहरुको उल्लघंन गरेको खण्डमा फेसबुकले सम्वन्धित व्यक्तिको एकाउन्ट बन्द गरिदिन सक्छ । कस्तो अवस्थामा फेसबुक एकाउन्ट ब्लक हुन सक्छ भन्ने जानकारी यहाँ दिइएको छः


१: अत्यधिक म्यासेज पठाएमा

फेसबुकको हेल्प पेजमा राखिएको ‘ब्लकिङ पोलिसी’ अनुसार यदि कोही प्रयोगकर्ता एकदमै छोटो समयमा अत्यधिक व्यक्तिहरुलाई म्यासेज पठाउँदा र म्यासेज पाउनेहरु धेरैले यसलाई ‘अनवेल्कम’ को मार्क गर्छन् भने केही समय उक्त अकाउन्ट बन्द हुन्छ ।

२: ‘हेट स्पिच’ पोस्ट गरेमा

फेसबुकको नीति अनुसार कुनै व्यक्ति, समुदायको गु्रुपका विरुद्ध घृणाजन्य अभिव्यक्ति पोस्ट गरेको खण्डमा तपाईंको फेसबुक अकाउन्ट केही घन्टाका लागि ब्लक हुन सक्छ ।

३: गलत फोटो वा भिडियो अपलोड गरेको खण्डमा

लागूऔषध प्रयोग, नग्नता वा कुनै प्रकारको खेदजन्य ग्राफिक सामग्री सेयर गर्ने अकाउन्टलाई ब्लक गरिन्छ ।

४: अनाधिकृत सामग्री पोस्ट गरेमा

यदि तपाईंसँग कुनै सामग्री -फोटो, टेक्स्ट वा भिडियो) सेयर गर्ने अधिकार छैन भने आफ्नो एकाउन्टबाट जबरजस्ति सेयर नगर्नुस । यसो गरेमा फेसबुकले पहिले चेतावनी पठाउँछ । चेतावनीपछि पनि यस्तो सामग्री सेयर भइरहे या त फेसबुक आफैंले तपाईंको अकाउन्टबाट उक्त सामग्री हटाइदिन्छ या तपाईंको एकाउन्छ ब्लक गरिदिन्छ ।

५: पोक गरेर हैरान पारेमा

फेसबुकमा अरुलाई पोक गरेर हैरान पार्ने सोख तपाईंको छ भने यसलाई त्याग्नु उचित हुन्छ । यसरी जथाभावि पोक गरेको खण्डमा तपाईंको एकाउन्ट बन्द हुन सक्छ ।

६: दुई सयभन्दा बढि ग्रुपको सदस्य भएमा

फेसबुकले हरेक प्रयोगकर्तालाई बढिमा २ सय वटा गु्रपमा आवद्ध हुन अनुमति दिन्छ । योभन्दा बढि संख्यामा गु्रप ज्वाइन गरेमा तपाईंको एकाउन्ट ब्लक हुन सक्छ ।

७: नचिनेका व्यक्तिलाई फ्रेन्ड रिक्वेस्ट पठाएमा

फ्रेन्ड रिक्वेस्ट ब्लक सेक्सनमा लेखिएको छ कि यदि तपाईं यस्ता व्यक्तिहरुलाई फ्रेन्ड रिक्वेस्ट वा गेमिङ रिक्वेस्ट पठाउनुहुन्छ जसलाई तपाईंले चिन्नुभएको छैन र यदि उनीहरुले तपाईंमाथि फेसबुकमा रिपोर्ट गरिदिए भने तपाईंको एकाउन्ट ब्लक हुन्छ ।

८: साथीको सिफारिसमा

यदि तपाईंको कुनै फेसबुक मित्रले भुलवस तपाईंको कुनै सामग्रीलाई अपमानजनक वा स्पाम भनेर रिपोर्ट गर्‍यो भने पनि अकाउन्ट ब्लक हुन सक्छ ।



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv