काठमाडौं- मलेसिया जाने नेपाली श्रमिकहरुलाई भिषा शुल्क लगायत विभिन्न बहानामा लगाइएको चर्को शुल्क घटाउन मलेसिया सरकारसँग कुटनीतिक प्रयास तिव्र बनाउन व्यवस्थापिका संसद अन्तर्गतको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समितिले निर्देशन दिएको छ । केहि समययता मलेसिया जाने कामदारसँग विभिन्न नाममा झण्डै १० हजार थप रकम उठाउने गरिएको छ ।
नेपाल सरकारको अनुमति विना नेपाली कामदारसँग रकम असुल्ने उद्धेश्यले सञ्चालित वान स्टेप सेण्टर तथा ईमिग्रेसन सेक्टुरिटी सेण्टरलाई तत्काल बन्द गर्न तथा तिनिहरुको छानविन गर्न निर्देशन दिइएको छ ।
समितिको बैठकले नेपाली श्रमिकको हित रक्षाका लागि मलेसियासँग द्धिपक्षिय श्रम सम्झौता गर्न पनि परराष्ट्र तथा श्रम मन्त्रालयलाई निर्देशन पनि दिइएको छ । मलेसियासँग श्रम सम्झौता गर्ने विषय अघिल्लो सरकारले प्रस्तुत गरेको बजेट तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डको प्रतिवद्धतामा पनि समेटिएको विषय हो ।
नेपाल सरकारको पूर्व स्वीकृति विना जिएसजी प्राली, मलेसिया भिएलएन प्राली लगायतका कम्पनी दर्ता गर्न काममा संलग्न कर्मचारीलाई कानून बमोजिम कारवाही गर्न उद्योग मन्त्रालयलाई पनि समितिको बैठकले निर्देशन दिएको छ ।
बैदेशिक रोजगार सम्वन्धि गाइने गीत हेर्नुहोस्
Post a Comment