Latest Updates :

कामदार बोकेको माइक्रो कतारमा दुर्घटना हुँदा माइक्रो चालक सहित चार नेपालीको मृत्यु>


SHARE THIS POST :

कामदार बोकेको माइक्रो दुर्घटना हुँदा चार जना कामदारको शुक्रबार बेलुका कतारमा मृत्यु भएको छ । जसमा दुई जना नेपाली र दुई जना फिलिपिनो रहेका छन् ।

त्यसबाहेक अर्को छुट्टै घटनामा दुई नेपालीको मृत्यु भएको छ । कतारस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा ४५ वर्षीय रामप्रसाद राजवंशी र २२ वर्षीय गिरिजा खनाल छन् । दुई जना नेपाली कामदारको हमाद अस्पतालमा उपचार भइरहेको छ । त्यसमा दुबै जनाको अवस्था गम्भीर छ ।

उनीहरु इम्को इन्जिनियरिङ कम्पनीमा कार्यरत थिए । काममा जानेक्रम ट्रकसँग ठोकिदा कतारको खररा क्षेत्रमा दुर्घटना भएको हो । मृत्यु भएका सब वक्रा अस्पतालमा राखिएको छ । नेपाली दूतावासका श्रम सहचारी लिलानाथ दाहाल र जनसम्पर्क अधिकृत ताजले गम्भीर भएका घाइतेहरुको अबस्था बुझ्न हमाद अस्पताल पुगेका थिए । सामान्य घाइते भएकाहरुलाई भने वक्रा अस्पतालमा राखिएको छ ।

अर्को फरक दुर्घटनामा भक्ते कामी र सनी चमारको मृत्यु भएको छ । त्यस्तै भीमप्रसाद पोखरेल र रेवता नेपालीले आत्महत्या गरेका छन् । रहमान गुर्मा, रामबाबु लामा, मनोज राय हरिनी हृदयघात भएर मृत्यु भएको छ भने शिवहादुर तामाङ अग्लो स्थानबाट खसेर मृत्यु भएको छ । उनीहरुको शव छिटो पठाउने ब्यबस्था गर्न कम्पनीलाई अनुरोध गरिएको छ,' दाहालले भने । ती शव हमाद अस्पतालमा राखिएको छ ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv