श्रीराम अधिकारी
मोदिले भारतमा ५०० र १००० रूपियाका नोट बन्द भएको घोषणा गरे । यो निर्णय आफैमा ऐतिहासिक निर्णय हो । प्रधानमंत्रीले चाहे के नहुने रहेछ । यो निर्णयलाइ कालो धन र भ्रष्टाचारलाइ परास्त गर्ने एउटा ठोस कदम मान्न सकिन्छ ।
भारत देश भित्र र बाहिर गरि ठुलो मात्रामा कालोधन रहेको र त्यो कालोधन देशभित्र ल्याई प्रत्येक नागरिकको भागमा पर्न आउने १५ लाख बाड्ने चुनाबि नारा बनेको थियो मोदीको । उनी प्रधानमन्त्री भएदेखि यता सवा लाख करोड रुपैया देश भित्रिएको दावा गर्ने मोदीको यो कदमले उनको प्रतिबद्दतामा थप केहि राहत पुग्ने प्रष्ट देखिन्छ ।
बाबा रामदेबले भ्रष्टाचार बिरुद्दको अभियान संचालन गर्दा रामलीला मैदानबाट ५०० र १००० का नोटहरु बन्द गर्नुपर्ने आवाज जोडतोडले उठाएका थिए । भ्रष्टाचार बिरुद्दको अभियानमा खटेर लागेका रामदेबलाइ हरेक अन्तरबार्ताहरुमा प्राय सोधिने प्रश्न यही हुन्थ्यो ‘कालो धन कहिले देश भित्रिन्छ ?’ उनले मोदी सरकारमा आए कालो धन भित्रिने आशामा जनताहरुसंग यही अपील गर्दै मोदीको चुनाबी क्याम्पियनमा भोट माग्दै चुनाबी सभा गर्दै हिडे ।
छिमेकी देश पाकिस्तान र त्याहाका आतंककारिहरुको
समुह भारतको लागि टाउको दुखाइको बिषय बनेको थियो र छ । पाकिस्तानमा रहेका आतंककारी समूहहरूले नक्कली भारतीय नोट छाप्ने गरेको र त्यसैको बलमा सीमा प्रबेश गरि हातहतियार र बन्दोबस्तिका सामानहरु खरीद गर्ने गरेको आरोप लगाउँदै आएको भारत यो ऐतिहासिक निर्णय पछि भारतीय नोटको गलत प्रयोग नहुनेमा बिस्वस्त रहेको छ ।
देश भित्रै हुनेगरेका ठुला ठुला भ्रष्टाचार र कालो धन अब सतहमा आउने छ । बिशेष गरि शिक्षा स्वास्थ्य भौतिक संरचना निर्माणमा हुने गरेको अकूत भ्रष्टाचार जो नागदमा कारोबार हुन्थ्यो । दराज र सेफहरुमा भरेर पैसा राखिन्थ्यो अब त्यो धन्दा यो कदमपछि स्वत निर्मूल भएर जानेछ ।
५० दिन भित्रमा आफूसँग भएको ५०० र १००० का नोटहरु साटिसक्नु पर्ने । एकै दिन धेरै साट्न नपाइने नियमले ठुला धन्दावालहरु माछी जालमा पर्नेछन । यो नियमले सर्बसाधरण जसले मेहनतले कमाएको छन् लाइ कुनै असर पर्ने देखिदैन ।
मोदी राजनीतिक ब्यक्ति भएको हुँदा यो कदमलाइ सहि मान्दा मान्दै पनि थोरै राजनैतिक रंग दिइएन भने अन्याय हुनेछ । निकट समयमा पञ्जाब गोवा गुजरात लगायतका प्रदेशहरुमा प्रदेश चुनाब हुँदैछ । चुनाबमा दारुपानी लगायत भोट किनीने सम्भाबना उतिकै हुने गर्दछ । उस्तै परे सांसद नै खरीद बिक्री गरिन्छ । आफु सरकारमा भएको हुँदा आफ्नो लागि चुनाबि खर्चको जोहो गर्न मोदिलाइ समस्या पर्ने छैन । तर पंजाबको प्रतिस्पर्धामा आम आदमी पार्टी ठुलो खतरा भएर उदाएको छ । कांग्रेस र अकालीदल पनि उतिकै टाउको दुखाइको बिषय बनेको देखिन्छ । यो कदमले ति शक्तिहरु चुनाबमा आर्थिक बलका हिषाबले कमजोर हुने पक्का पक्की छ । यसलाई भनिन्छ एक गोली दुइ शिकार ।
अब हाम्रो देशको कुरा गरौ ।
सन् २००२ अक्टूबर देखि लागू हुनेगरि उतिबेलाको श्री ५ को सरकारले ( ज्ञानेन्द्र राजा थिए) १० रूपियाको प्लास्टिकको नोट सार्बजनिक गर्यो । किन र केका लागि भनेर बुझ्दा त्यही नोट छपाइमा कमीशन खानु रहेछ । फेरी २५ रुपैयाको नोट सार्बजनिक भयो । किन भन्दा हिषाब किताबमा सरलता आउछ भन्ने तर्क गरियो ।
नेपालमा पनी ५०० र १००० का नोटहरु हटाएर २००० को बनाउँदा के बिग्रिन्छ होला । साना नोटहरु थप्ने र ठुलो नोट लाइ २००० बनाउने । भ्रष्टाचार र कालोधनहरुको कारोबार प्राय ठूलै नोट ५०० र १००० बाटै हुने गर्दछ । यदि यस्तै कदम चालिए ठुला ठुला अबैध आर्थिक कारोबार पनि रोकिने थियो ।
Post a Comment