Latest Updates :

यस्तो छ नयाँ अमेरिकी रास्ट्रपति डोनल्ड ट्रम्पको संक्षिप्त जीवनी - See more at


SHARE THIS POST :

काठमाडौं २४ कार्तिक – डोनल्ड ट्रम्पको जन्म एक धनाढ्य घरजग्गा व्यापारीका चौथो सन्तानको रुपमा न्यूयोर्क शहरमा भएको थियो।
उनी न्यूयोर्कमैं हुर्किएका थिए।

उनले आफ्नो परिवारको व्यापार र धन-सम्पत्तिलाई ब्रुकलीन र क्वीन्सबाट म्यानहाटनमा सारेका थिए। चमक-धमकपूर्ण म्यानहाटनकै फिफ्थ् एभेन्युमा ट्रम्प टावर रहेको छ।
उनले होटेल र क्यासिनोहरुमा गरेको लगानी एकताका डुब्ने अवस्थामा समेत पुगेको थियो।
फोर्ब्स म्यागाजीनका अनुसार उनीसँग ३.७ अर्ब डलर बराबरको धन-सम्पत्ति छ, तर ट्रम्पले आफूसँग १० अर्ब डलर धन-सम्पत्ति भएको दावी गर्दै आएका छन्।
टेलिभिजन
‘दी एप्रेन्टीस’ नाम गरेको कार्यक्रम चलाएर ट्रम्प अमेरीकी टेलिभिजनका एक परिचित अनुहार बनेका थिए।राष्ट्रपतिको चुनावमा होमिएपछि ट्रम्पले निकै उत्तेजनात्मक प्रकृतिको प्रचार-प्रसार शैली अपनाएका थिए।
त्यसक्रममा उनले अमेरिकी अर्थतन्त्रलाई सुदृढ तुल्याउने, मेक्सीकोसँगको सिमानामा पर्खाल ठड्याउने र मुसलमान समुदायलाई अस्थायीरुपमा अमेरिका प्रवेश निषेध गर्ने प्रतिज्ञा गरेका थिए। अहिले सत्तरी वर्ष पुगेका ट्रम्पको तीन पटक विवाह भइसकेको छ। उनकी वर्तमान श्रीमती एक मोडल, मेलनीया नस हुन्।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv