Latest Updates :

मस्ती टकः ‘प्रेमीसँग नै बिहे गर्नु पर्छ भन्ने छ र ? : बर्षा राउत(भिडियो कुराकानी)


SHARE THIS POST :

शु क्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘जात्रा’की नायिका हुन्, बर्षा राउत । बर्षा यो चलचित्र चलेको खण्डमा आफूलाई अझ फाइदा हुने बताउँछिन् । ‘नाई नभन्नु ल ४’ र ‘छक्का पन्जा’को सफलताले हौसिएकी बर्षा आफ्नो सोलो चलचित्र नआएकाले पनि धेरै फाइदा भने भैनसकेको बताउँछिन् । अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा बर्षाले प्रेम, जीवन, करिअर र मस्तीको कुरा गरिन् । चलचित्रका मुख्य कलाकार विपिन कार्कीकी श्रीमतिको रुपमा चलचित्रमा देखिन लागेकी यी सुन्दरीलाई लाग्छ, श्रीमति भन्दा प्रेमिका नै बन्न सजिलो हुन्छ ।

श्रीमति बनेपछि परिवारको धेरै भारी उठाउनु पर्ने भन्दै उनले अहिले नै बिहे गर्ने योजना नभएको बताइन् । बर्षासँग गरिएको निकै रमाइलो ‘मस्ती टक’ यहाँ हेर्नुहोस्ः बर्षा धेरै रकम सपिङमै सक्ने बताउँछिन् । ‘एक हातले कमायो, अर्को हातले खर्च गर्‍यो’, उनले भनिन् । कलाकार संजोग कोइरालाकी प्रेमिका बर्षालाई प्रेम गर्दैमा बिहे गर्नुपर्छ भन्ने लाग्दैन । उनले रमाइलो गर्दै भनिन्-‘जब तक लड्की कुमारी, ना तुमारी ना हमारी ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv