Latest Updates :

सधैं ‘हट एण्ड सेक्सी’ देखिने सन्नी लियोन यस्तो डरलाग्दी ?


SHARE THIS POST :

कार्तिक १८ | एजेन्सी- निकै ‘हट एण्ड सेक्सी’ अन्दाजमा आफ्ना
प्रशंसकहरुलाई चकित बनाउने सन्नी लियोनले
एकपटक फेरी फ्यानहरुलाई चक्मा दिएकी छिन् । तर
यसपटक भिन्न तरिकाले निकै डरलाग्दी देखिएर ।
वास्तवमा सन्नी लियोन डरलाग्दी देखिनुमा
भिन्न कारण छ । उनले श्रीमान ड्यानीयल र अन्य
साथीहरुसँग ह्यालोविन इभिनिङ मनाउने क्रममा
यस्तो मेकअप गरेकी हुन् । ह्यालोविन पार्टीमा
मस्ती गरिरहेका तस्बिरहरु इन्स्टाग्राममा पोष्ट
गरेकी छिन् ।



जहाँ बलिउडका थुप्रै हस्तीहरु दिवाली पार्टी
मनाउन साडी, कुर्तालगायतका पारम्परिक
पहिरनमा सजिएका थिए भने सन्नी लियोनलाई भने
भूत सवार थियो । सन्नीले आफ्ना विशेष साथीहरु र
स्टाफका लागि जुहूस्थित घरमा ह्यालोविन
पार्टी राखेकी थिइन् । क्यानडामा जन्मिएकी र
हुर्किएकी सन्नी लियोनका लागि ह्यालोविन
पार्टी निकै महत्वपूर्ण थियो ।


सन्नीको अनुहारमा निकै अचम्मको मेकअप थियो ।
अनुहारभरी काटिएको निशाना र टाउकोमा
दुईवटा किला गाडिएको देखिन्थ्यो ।
यो विशेष दिनमा उनले जम्बी पेजन्ट क्विन ड्रेस
लगाएकी थिइन् ।


पार्टी करिब ५ घण्टासम्म चलेको बताइएको छ ।रातोपाटीबाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv