Latest Updates :

नेपाल रेल्वेको जग्गामा भारतीयको आतिक्रमण


SHARE THIS POST :
कात्तिक १८

पर्सा -वीरगन्ज पथलैया औद्योगिक करिडोरका उद्योगीले सीमावर्ती भारतीय सहर रक्सौलमा रहेको नेपाल रेल्वेको जग्गा प्रयोग गर्न नपाउँदा भारतीय रेल्वेको जग्गा प्रयोग गरेबापत करोडौं रुपैयाँ स्टेसन भाडा र बिलम्ब शुल्क तिरिरहेका छन् ।
रक्सौलको भारतीय रेल्वे स्टेसनसँगै टाँसिएको नेपाली रेल्वेको जग्गा नेपाल सरकार र सम्बन्धित निकायको लापरबाहीले गर्दा भारतीयले अतिक्रमण गरी घर,टहरा बनाएर बसेका छन्, जसले गर्दा स्वदेशी व्यापारीले प्रयोग गर्न सकेका छैनन्।

स्टेसनसँगै रहेको नेपाली रेल्वेको जग्गामा व्यापारीको लागि सेड बनाइदिन नेपाल सरकारसँग बिरगन्ज उद्योग बाणिज्य संघले पटपटक आग्रह गरेपनि सुनुवाई नभएको व्यापारीको गुनासो रहेको छ।
तत्कालिन ब्रिटिस सरकारसँग नेपाल सरकारले सन् १९२७ जुन १९ मा सो जग्गा ३१ हजार ७ सय २५ भारतीय रुपैयाँमा खरिद गरी रक्सौलबाट बाराको अमलेखगन्जसम्म रेल सञ्चालन गरिएको थियो । जुन रेल ३८ वर्षअघि बन्द भएपछि त्यहाँ रहेको नेपाल रेल्वेको जग्गा र भौतिक संरचना भारतीयको आतिक्रमणमा परेको आजको नागरिक दैनिकमा खबर छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv