Latest Updates :

बिमानस्थलमा पत्रकारहरु सँग भेटेकै छैन भनेर जंगिएको देउबा तिब्बती नेता सँग एउटै मञ्चमा यसरी देखिए (भिडियो)


SHARE THIS POST :

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा तिब्बतका निर्वासित सरकार प्रमुखसँग लाेप्साङ साङ्गेसँग भेटवार्ता गरेको पुष्टि भएको छ। भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी निकट इण्डिया फाउन्डेशनले गोवामा आयोजना गरेको सेमिनारमा सहभागी भएका देउवाले तिब्बती नेतासँग भेटवार्ता गरेको विषयप्रति चीनले आपत्ति जनाएको थियो।

लाई लामाका गतिविधिबारे सम्वेदनशील चीनले परराष्ट्र मन्त्रालयसँग एक चीन नीतिप्रति धारणा समेत माग गरेको थियो। चीनको आपत्तिपछि सभापति देउवाले समाचार झुटो भएको बताएका थिए। परराष्ट्रमन्त्री प्रकाश शरण महतले समाचारको तथ्यमाथि प्रश्न उठाउँदै सरकार र नेपाली नेताहरु एक चीन नीतिमा प्रतिबद्ध रहेको उल्लेख गरेका थिए।

गत मंगलबार सञ्चारकर्मी समक्ष उनले समाचार निहित स्वार्थ प्रेरित रहेको अारोप लगाएका थिए। सोही दिन सूचना कसले चुहायाे भन्दै कोठा थुनेर उनले परराष्ट्र मन्त्रालयका कर्मचारीलाई हप्कीदप्की समेत गरेका थिए।

भारत निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामाको केन्द्रीय तिब्बती प्रशासनले विज्ञप्ति जारी गर्दै सो सम्मेलनलाई निर्वासित प्रधानमन्त्री लोप्साङ साङ्गेले सम्बोधन गरेको पुष्टि गरेको हो।

आयोजक संस्था इन्डिया फाउन्डेसनले इन्टरनेटमा पोष्ट गरेको तस्विरमा साङ्गेसँगै देउवा बसेको देखिएको छ। कांग्रेस सभापति देउवाले उद्‌घाटन सत्रलाई सम्बोधन गरेको सो सेमिनारमा साङ्गेले ‘धर्ती माता, प्रकृति माता – पूर्वीय ज्ञान’ शीर्षकको छलफलमा प्रवचन दिएका थिए।

प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी निकट संस्थाकाे आयाेजनामा विवादित व्यक्तिसँगै देउवा उपस्थिित हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv