Latest Updates :

तरकारीवालीले फिल्म खेल्न अस्विकार गरेपछि निकै आशा बोकेर आएको “लम्फु” फिल्म युनिट तनाबमा


SHARE THIS POST :

गोरखा । फोटो स्क्यान्डल भएसँगै एकाएक चर्चामा आएकी गोरखा भूम्लिचोककी कुसुम श्रेष्ठ एउटा फोटोको कारण यति व्यस्त भइन् कि अचेल उनी आफ्नो दैनिक काम गर्न पाउदिनन् । बरु उनलाई आफ्नो चलचित्रको नायिका बन्न प्रस्ताव गर्दै फिल्म युनिटनै गोरखा पुगेका छन् ।
तरकारीवाली’ यति खेर बिभिन्न मान्छे सँगको भेटमा व्यस्त छिन् । तरकारी बोकेको फोटो भाइरल भएसँगै अहिले दिनहुँ उनलाई भेटन आउने मानिसहरुको भिड लाग्ने गर्छ । कोही मोडल बन्ने अफर लिएर आउँछन् भने कोही फिल्म खेलिदिनु पर्‍यो भन्दै आउने गरेको उनका काका पदम श्रेष्ठले बताए ।

त्यस्तै उनलाई हेर्नका लागि मात्रै भएपनि मानिसहरु आउने गरेको श्रेष्ठको भनाई छ । उनलाई भेट्न हामी चितवनको फिस्लिङ पुग्दा कुसुम सहकारीमा तरकारी व्यवस्थापन गर्दै गरेका आफ्नो काकालाई सहयोग गरिरहेकी थिइन् ।

फिल्म यूनिटलाई के भनिन् कुसुमले ?

कुसुम काका पदमलाई तरकारी व्यवस्थापनमा सघाउन पनि नभ्याएकी भइसकेकी छन् । हामी पुग्दा उनी किसानहरुले ल्याएको गोलभेडाहरु व्यवस्थापन गर्न उनका काका पदम श्रेष्ठलाई सहयोग गर्न व्यस्त थिइन् ।

संयोग वश त्यस दिन ‘लम्फु’ नामक नेपाली चलचित्रको फिल्म युनिट पनि त्यहा आइपुगेको रहेछ । फोटो भाइरल भएर चर्चामा आएसँगै केही समय अघि ‘लम्फु’ चलचित्रका फिल्म युनिटले कुसुमलाई फिल्ममा खेल्ने अफर गरेको थियो ।

उनले आफन्तसँग सल्लाह गरेर निर्णय दिने बताएपछि उनको निर्णय लिनका लागि फिल्म युनिट त्यहाँ पुगेको फिल्मका निर्माता शक्ति बल्दव घोरासैनीले बताए । सकेसम्म लाजले बाहिर निस्कन नमान्ने कुसुमले लम्फु युनिटको प्रस्ताव अश्वीकार गरिन् ।

उनलाई लम्फु फिल्ममा खेल्ने प्रस्ताव फिल्म यूनिटले केही समय अगाडी नै राखिसकेको थियो । अब भने उनीहरु जवाफको पर्खाइमा थिए । उनीहरु बारम्वार सोध्दै थिए, ‘फिल्म खेल्ने निर्णय गर्‍यौ त ?’ तर उनी भने मन्द मुस्कानले कुरा टार्ने गर्थिन् । बारम्वारको प्रश्न पछि उनलाई नबोली सुखै भएन । उनले मधुरो स्वरामा निर्देशकलाई भनिन् ‘म पहिला आफ्नो करियर बनाउन चाहन्छु, पढाइ सकेपछि सोचौला ।’ निकै आशा बोकेर आएको फिल्म युनिट एक्कासी झस्कियो ।

कुसुमको जवाफ भइमा खस्न नपाउँदै फिल्मका निर्देशक गोपाल चन्द्र लामिछानेले बोलिहाले, ‘तिमिलाई सानो रोल दिउँला, धेरै समय खर्च गर्नु पर्दैन ।’ तर कुसुमले भने पहिला पढाइलाई नै निरन्तरता दिने भन्दै फिल्मको प्रस्ताव अस्वीकार गरिन् ।

उनले फिल्म खेल्ने अफर अरु पनि आएको तर आफूले भने अहिले फिल्म नखेल्ने निर्णय गरेको बताइन् । तर फिल्म क्षेत्र र मोडलिङ उनको रहरको बिषय रहेको उनी बताउँछिन् ।

लम्फु को कुसुमलाइ तिन वटा प्रस्ताव

फिल्म खेल्ने प्रस्ताव अस्वीकार गरेपछि कुसुमलाइ फिल्म यूनिटले तीन वटा प्रस्ताव गर्‍यो ।

पहिलो प्रस्तावः उनी अहिले चितवनको रत्ननगरमा रहेको ओइष्ट मोडल कलेजमा व्यवस्थापन संकाय तर्फ कक्षा ११ मा अध्ययनरत छिन् । उनको कक्षा १२ सम्मको सम्पूर्ण पढाइ खर्च फिल्म युनिटले व्यहोर्ने ।

दोस्रो प्रस्तावः काठमाडौको बवरमहलमा रहेको मेघा कलेजमा स्नातक तहको पढाइका लागी छात्रवृति प्रदान गर्ने ।

तेस्रो प्रस्तावः ‘लम्फु’ फिल्ममा कुसुमले अभिनय गर्ने । तर, यसको बिषयमा भने परिवार सँग छलफल गरी निर्णय दिने कुसुमले बताइन् ।

-बिकास मरहट्टाबाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv