Latest Updates :

शंकाकै भरमा फिल्मी शैलीमा प्रेमिकाको हत्या, हत्या पछी फोन गरेर १ करोड ५० लाक फिरौती माग


SHARE THIS POST :

काठमाडौं - झट्ट सुन्दा फिल्म जस्तै लाग्ने घटना राजधानीमै भएको छ । एक प्रेमीले आफ्नी प्रेमीको हत्या गरेपछि हराएकी भन्दै प्रहरीमा गुहार माग्नसमेत पुगे ।
कात्तिक १३ गते सिन्धुपाल्चोक महांकाल घर भइ बुढानिलिकण्ठ बस्दै आएकी सन्तोषी भन्ने एलिसा नेपाली एकाएक हराइन् भन्दै परिवारका सदस्य प्रहरीमा गुहार माग्न पुगेका थिए । एलिसाका बाबुलाई ‘छोरी चाहिने भए डेढ करोड रुपैंया ल्याऊ’ भन्दै अपरिचित व्यक्तिले धम्क्याएका थिए । महानगरीय प्रहरी वृत्त ठिमी यो घटनाको जानकारी आयो । ठिमीमा आएको जानकारीमाथि थप अनुसन्धान महानगरीय प्रहरी अपराध महाशाखाले गरेको छ ।

सुरुमा प्रहरीले एलिसा अपहरणमा परेको आशंकामा अनुसन्धान अगाडि बढाएका थियो । एलिसाको फोन नम्बरको लोकेशन ट्रेस गर्दा उनी कात्तिक १२ गते बिहान चाबहिलस्थित गोपीकृष्ण हल नजिकै पुगेको देखियो । उनको नम्बरमा फोन गर्ने व्यक्ति थिए रामेछाप ओख्रेनी घर भइ हाल भक्तपुर ठिमीस्थित बोडे बस्दै आएका रेशम भन्ने मुक्तिनाथ लामिछाने । तर, लामिछाने स्वयम् परिवारका सदस्यसँग एलिसा हराएको जानकारी दिन प्रहरी कार्यालयमा पुगेका थिए । मुक्तिनाथमाथि शंका गर्ने क्रम नरोकिए पनि उनैले हत्या गरेको निष्कर्षमा पुग्न प्रहरीलाई समस्या भयो ।

एलिसा खोज्दै जाने क्रममा कात्तिक २० गते मध्यपुर ठिमी नगरपालिका स्थित मनोहराखोलाबाट बोडे तर्फ जाने कच्ची सडक किनारमा बोरामा प्याक गरेको अवस्थामा युवतीको शव फेला परेको थियो । तत्कालीन समयमा मृतक युवती सन्तोषी नै हो भन्ने नखुले पनि पछि एलिसाका परिवारले शवको सनाखत गरे । मुक्तिनाथ र एलिसाको ‘लभ अफेयर’ का बारेमा जानकार रहेका परिवारले प्रहरीमा निवेदन दिँदा पनि उल्लेख गरेका थिए । शंकाको घेरामा रहेका मुक्तिानाथलाई महाशाखाले कात्तिक २२ गते पक्राउ गर्‍यो । सुरुमा आनाकानी गरेका मुक्तिनाथले प्रहरीलाई खुरुखुरु हत्याको कबुल गरे ।

गत वैशाखमा बुढानिलिकण्ठस्थित रिफ वाटर प्रोसेस नामको पानी फ्याकट्रीमा चीनजान भएका एलिसा र मुक्तिनाथबीच प्रेम सम्बन्ध थियो। प्रेमीकालाई खुशी बनाउन मुक्तिनाथले बेला बेलामा पैसा दिँदै आएका थिए । कामकै सिलसिलामा मुक्तिनाथको आचरण ठिक नभएको कारण देखाएर पानी फ्याक्ट्रीको साहुले उनलाई कामबाट निकाली दिए । गएको दसैं अगडि एलिसाको अर्को केटा श्याम श्रेष्ठसँग प्रेम सम्बन्ध रहेको मुक्तिनाथले थाहा पाएपछि उनीहरुबीच दरार उत्पन्न भएको थियो ।

महाशाखाका अनुसार हत्याको योजना बनाएका मुक्तिनाथले कात्तिक १२ गते एलिसालाई फोन गरि चावहिलस्थित गोपीकृष्ण हल नजिकै बोलाएर चिया खुवाएर आफूसँंगै कोठामा लगेका थिए । कोठामा पुगेपछि मुक्तिनाथले आफूले दिएको पैसा र श्यामसँगको अफेयरबा बारेमा एलिसालाई सोधेका थिए । एलिसाले उल्टै कराएपछि मुक्तिनाथले घरको भ¥याङमुनी रहेको काठको गुन्द्री बुन्ने हत्तासोले एलिसा टाउकोमा प्रहार गरेका थिए । मुक्तिनाथले एलिसा भुइँमा लेडेपछि पटकपटक टाउकोमा हतासो प्रहार गरेर हत्या गरेका थिए ।

कात्तिक १२ गते नै हत्यापश्चात मुक्तिनाथले अपरान्ह १२ बजे एलिसाको ज्याकेट, लेडिज ब्याग, जुत्ता तथा रगत लागेको कोठाको कार्पेट समेत एउटा बोरामा हालेर निलबाराही जंगलमा फालेको बयान प्रहरीमा दिएका छन् । एलिसाको हत्यापछि भौंतारिएका मुक्तिनाथ मुलपानी हुँदै कोटेश्वर पुगी एलिसाको बाबुलाई ९८२३४७१५११ बाट फोन गरी हिन्दी भाषामा एलिसा चाहिने भए एक करोड ५० लाख ल्याउनु भनेर धम्क्याई पुन बोडे पुगेका थिए । हत्या भएको दिन राती १० बजे मुक्तिनाथले एलिसालाई कुखुराको दाना हाल्ने प्लाष्टिकको बोरामा हाली घर भन्दा करिब २०० मिटर पश्चिममा लगि सडक किनारामा फालेका थिए । हत्यामा प्रयोग भएको हतासो भने घर पछाडी फालेका थिए ।

महाशाखाका निमित्त प्रमुख एसपी प्रकाशजंग कार्कीले भने,‘एलिसाको हत्या मुक्तिनाथले नै गरेको हो भन्ने कुरा सुरुमा पत्याउन प्रहरीलाई नै मुस्किल पर्‍यो, पुरै फिल्मी शैली अपनाएर योजनाबद्ध ढंगले एलिसाको हत्या भएको देखिन्छ ।’ एलिसा हत्याको स्वीकार मुक्तिनाथ आफैंले गरेको जानकारी कार्कीले दिए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv