Latest Updates :

रोल्पामा सडक खन्ने क्रममा गुफा भेटियो, स्थानीयले सहयोग संकलन गरी मन्दिर बनाउँदै


SHARE THIS POST :
मंसिर ६ । रोल्पाको डुब्रिङमा सडक निर्माणका क्रममा गुफा भेटिएको छ ।
डुब्रिङ गाविस वडा नम्वर–९ तल्लो रतनधारामा सडक निर्माणका क्रममा गुफा भेटिएको स्थानीय स्थानीय गणेश बुढाले बताएका छन् ।


बसेरी खोलादेखि धारापानी जोड्ने सडकअन्तर्गत तल्लो रतनधारामा सडक छेउमा रहेको ठूलो ढुंगा पन्छाउँदा गुफा भेटिएको हो । गुफा भेटिएपछि अवलोकन गर्न आउने मान्छेहरुको भिड लाग्न थालेको छ ।
भेटिएको गुफाभित्र गणेश, गाईको थुन, शिवलिंगलगायत विभिन्न देवीदेवताका आकृति देखिने गरेकाले स्थानीय बासिन्दाले त्यहाँ पूजाआजा समेत गर्न थालेका छन् ।


नारायणपुर बजारदेखि १३ किलोमिटर उत्तरतर्फको दुरीमा रहेको गुफाको गुप्तेश्वर महादेव नामाकरण गरिएको छ । गुफाको विकासका लागि स्थानीयहरुले व्यवस्थापन समिति गठन गरी प्रत्येक घरधुरीबाट एक हजार रुपैयाँ सहयोग संकलन गरेका छन् ।

गाउँबाट सहयोग संकलन गरेर मन्दिर निर्माण गर्ने योजना बनाएइको र प्रत्ये महाशिवरात्रीको दिन गुफाको आसपासमा मेला आयोजना गरिने व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर बुढाले बताए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv