Latest Updates :

आजको राशिफल – वि.सं. २०७३ साल मंसिर ७ गते। मंगलबार। इश्वी सन् २०१६ नोभेम्बर २२ तारिख।


SHARE THIS POST :

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति गराउनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। आँटले काम लिन नसक्दा पछि परिनेछ। व्यापार-व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला। मौका पर्खंदा स्थितिमा सुधार आउन सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थितिले त्यति साथ नदिन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। अरूको फाइदाका लागि उपयोग भइएला। साझेदारीमा समस्या आउनेछ भने पहिलेको सम्झौता भंग हुने सम्भावना देखिन्छ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। आमाको माध्यमबाट काम बनाउन सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिस्पर्धीहरूले हार खानेछन् भने चिताएका काम सजिलै सम्पादन हुनेछन्। पहिलेको मेहनत आम्दानीवर्द्धक हुनेछ। हिम्मतले काम लिँदा मनग्य फाइदा हुनेछ। अवसरका लागि केही जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्राप्त हुन सक्छ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। सोखले खर्च बढाउनेछ भने केही भौतिक साधन बिग्रन सक्छन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विभिन्न अवसर आए पनि द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। लगनशील बन्न नसक्ता शुभचिन्तकहरूले आलोचना गर्लान्। वादविवादले आँटेका काममा बाधा पुर्याउन सक्छ। प्रतिस्पर्धीहरूले सक्रियता बढाउलान्। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला। अरूको मर्म ख्याल नगर्दा आफैंलाई समस्या आउन सक्छ। मेहनतले मात्र काम नबन्न सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विभिन्न अवसर आए पनि काममा पछि परिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। मौकाको फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। तापनि रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग असमझदारी बढ्न सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साझेदारीबाट पनि लाभ मिल्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आलोचकहरूबाट सावधान रहनुहोला, मेहनत गर्दा कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। विशेष भेटघाटले उत्साह बढाउला। समाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काममा बाधा पुग्नेछ। जिम्मेवारी भने बढिरहनेछन्। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। ढिलासुस्तीले अवसर गुम्न सक्छ। मेहनत गर्दा सेवामूलक कामले मात्र प्रतिष्ठा दिलाउनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। शुभचिन्तकहरूले सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। केही चुनौती सामना गर्नुपर्ला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
विभिन्न सहयोग र उपहार पाइनेछ। रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान समेत प्राप्त हुन सक्छ। कामको चापबाट पनि फुर्सद पाइनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आलस्य गर्ने बानीले पछि परिनेछ भने मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुन सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ।



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv